तीन प्रदेश प्रमुखमा बदलिए

तीन प्रदेश प्रमुखमा बदलिए

काठमाणडाैं - एमाले र काँग्रेस गठनबन्धनको सरकारले इतर आफ्नो राजनीतिक समूहका तीन जना प्रदेशका प्रदेश प्रमुखहरु बदलेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको जानकारी प्राप्त भएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले एमालेको राजनीतिक भूमिकामा पहिचान बनाएका बागमतीमा दीपकप्रकाश देवकोटा, काँग्रेस पृष्ठभूमीका लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका बताइएको छ । 

काँग्रेस सभापति तत्कालिन शेरबहादुर देउवाको प्रधानमन्त्री भएको बेला २०७८ कात्तिकमा त्यसबेलाका सत्ता साझेदार दलको सिफारिसमा बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख बन्नुभएको थियो । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुनुहुन्छ । 

चार वर्षे कार्यकालका लागि प्रदेश प्रमुखको नियुक्ति पाएका तर अहिले हटाइएका प्रदेश प्रमुख मध्ये कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफू यो पदमा आउने वित्तिकै निजी सचिवालयमा भर्ना गरेका १२ मध्ये ९ जना एकै चुल्होमा खाने आफ्नै परिवारका सदस्यहरु नियुक्त गरेको भन्ने दुई साता अघि मात्र सञ्चार माध्यमहरुमा समाचार आएपछि आलोचना भएको थियो । 

प्रदेश प्रमुख परियारले परिवारका सदस्यहरु मात्र राखेको विषयमा सामाजिक सञ्जालमा आफ्नै परिवारका सदस्यहरु मात्र राखेको रहेछन् भन्ने सन्दर्भमा दलित समुदायप्रति अपमानित शब्द प्रयोग गरेको भन्दै दैलेखका शिक्षक तर्कबहादुर सिंह विरुद्ध जातीय विभेद मुद्दा दर्ता भएको छ । त्यो मुद्दामा शिक्षक सिंहलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान थालेको छ । 

प्रतिक्रिया