रेडियो मातृभुमि एफएमले मनायो दोस्रो बार्षिक उत्सव

रेडियो मातृभुमि एफएमले मनायो दोस्रो बार्षिक उत्सव

  दैलेख–जिल्लास्थित सञ्चालित मातृभुमि एफएमले दोस्रो बार्षिक उत्सव मनाएको छ । जिल्लाबासीलाई समाचार वा मनोरञ्जन दिदै सुशासन कायम गर्न भ्रष्टाचार विरुद्ध आम नागरिकलाई सचेत बनाउँदै आएको मातृभुमि एफएम रेडियो बुधवार एक कार्यक्रम गरि दोस्रो बार्षिक उत्सव मनाएको हो ।

 
 विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधी,राजनीति दल,नागरिक र सञ्चारकर्मीको सहभागीतामा बार्षिक उत्सव मनाइएको रेडियो सञ्चालक महेन्द्र सापकोटाले बताउनुभयो ।

  जिल्लाबासीलाई समाचारमुलक,मनोरञ्जन दिदै आएको रेडियो मातृभुमि एफ.एम.९६.५ मेगाहर्जले दोस्रो बार्षिक उत्सवमा ३ दिने निःशुल्क आधारभुत रेडियो उद्ध्घोषण पत्रकारिता तालिमको समेत सञ्चालन गरेको छ । २ वर्ष अघि स्थापना भएको रेडियोले आमस्रोतामा जनचेतना जगाउनुका साथै सुशासन र पारदर्शिता,दिगो विकास,जलवायु परिवर्तन लगायतका आम नागरिक सँग सरोकार राख्ने विषयलाई उठान गरि नीति नियम कार्यान्वयनको लागि सम्बन्धित निकायको ध्यान आर्कषण गर्ने गरेको जिल्लाबासी बताउँछन् । 


    रेडियोको वार्षिकोत्सव समारोहको अवसरमा शुभकामना दिदै जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले हरेक सञ्चारकर्मीले सत्यतथ्य समाचार सम्प्रेरण गर्नु पत्रकारिताको धर्म भएको भन्दै अबको आवश्यकता खोजपत्रकारिता भएको जानकारी दिनुभयो । पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढेका छन् । ग्रामिण भेगमा भएका सानातिना समाचार,खबर आईरहेका हुन्छन् । तर सामाजिक सञ्जालमा आएका सबै कुराको विश्वसनीय छैन,हुदैन पनि । तर सञ्चारमाध्यामले कसैको डरधम्कीको प्रवाह नगरि,प्रलोभनमा नपरि सत्यतथ्य समाचार बाहिर ल्याउनुपर्छ,उहाँले भन्नुभयो । सञ्चार क्षेत्र लोकतन्त्रको अक्सिजन हो,सञ्चारमाध्यामलाई जोगाई राख्न सञ्चारकर्मीको उत्तिकै आवश्कता छ,उहाँले थप्नुभयो । 
   दोस्रो बार्षिकत्सव कार्यक्रमलाई समापन गर्दै,रेडियोका प्रवन्ध निर्देशक भिम सिजापतिले सञ्चारकर्मी र सञ्चारमाध्ययमका पिँडाहरु राज्यले सुन्न नसकेको भन्दै हरेक सञ्चारकर्मीहरुले मनका पिँडा लुकाएर भएपनि सुचना प्रशारण गर्नुपर्ने बाध्यता र चुनौति भएको बताउनुभयो ।

जिल्लाभर ६ वटा एफएम रेडियो भएपनि ज्वाला एफ.एम,धुव्रतारा एफ.एम.हाम्रो समावेशी एफ.एम र मातृभुमि एफ.एम.गरि ४ वटा रेडियो सञ्चालनमा छन् भने पञ्चकोशी एफ.एम.र दुल्लू एफ.एम.रेडियो लामो समयदेखी सञ्चालन छैनन् । 

प्रतिक्रिया