अरिंगालको टोकाइबाट दैलेखमा दुइ दाजुभाई घाइते

अरिंगालको टोकाइबाट दैलेखमा दुइ दाजुभाई घाइते

दैलेख  -   दैलेखमा अरिंगालको टोकाइबाट दुइजना घाइते भएका छन् । दैलेखको दुल्लु नगरपालिका -५ रिजुपोखरामा अरिंगालको टोकाइबाट दुइजना बालक घाइते भएका हुन्  ।

मंगलवार करिब ४ बजे घर नजिकैको घट्टेगाढामा बस्तुभाउ चराउन गएका ११ वर्षिय खेम बहादुर दसुनी र ८ वर्षका वर्षिय यमु दसुनी घाइते भएको बताइएको छ  ।

अरिंगालको टोकाईवाट घाईते भएका दुइजना बालकमध्ये एकजनाको दुल्लु अस्पतालमा उपाचार हुन नसकेपछि थप उपचारको लागि एकजनालाई प्रदेश अस्पताल रेफर गरिएको दुल्लु अस्पतालले जनाएको छ  । 

घाइते बालक दुइ दाजुभाई भएको र भाई यमु दसुनीको अवस्था गम्भीर देखिए पछि डाइलोसिस र फोक्सो सम्बन्धी आवश्यक प्रविधि दुल्लु अस्पतालमा नभएकाले प्रदेश अस्पताल रेफर गरिएको छ  ।   भने एकजनाको दुल्लु अस्पतालमै उपचार भइरहेको  उनी खतरामुक्त रहेको दुल्लु अस्पताला प्रमुख डा.दिपेन्द्र रायले जानकारी दिनुभयो

प्रतिक्रिया