गुराँसको घर-घरमा पानी, २२१ घरधुरी लाभान्वित

गुराँसको घर-घरमा पानी, २२१ घरधुरी  लाभान्वित

दैलेख  -   दैलेखको गुराँस गाउँपालिकामा चारवटा खानेपानी योजना सम्पन्न  भएका छन् । गुराँस गाउँपालिका वडा नम्बर -६ र ७ मा १ /१ वटा र वडा नम्बर ८ मा दुइवटा खानेपानी आयोजना गरी चारवटा खानेपानी योजना सम्पन्न भएका हुन् । 

हेल्भेटास नेपालको सहयोगमा गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालको सहजिकरणमा खानेपानी योजना सम्पन्न  चारवटा खानेपानी योजनाबाट २२१ घरधुरीमा खानेपानीका धारा जडान भएको सोसेक नेपालले जनाएको छ ।  । 

गुराँस गाउँपालिकाको वडा नम्बर -६ ढकढके लहरेकाफल खानेपानी योजना, वडा नम्बर ७ को उखाडा खानेपानी सरसफाई योजना, वडा नम्बर ८ माझखोला गर्चा दुवाचौर खानेपानी तथा सरसफाई योजना, र माईस्थान गैरिगाँउ खानेपानी तथा सरसफाई योजनाहरु सम्पन्न भएको बताइएको छ ।   

वडा न -७ को उखाडा खानेपानी सरसफाई योजनामा हेल्भेटास नेपालको नगत  २१ लाख ६३ हजार ८५१, र गुराँस गाँउपालिकाको १३ लाख ६४ लाख ७६४, हेल्भेटास नेपालको जिन्सी १३ लाख ५४ हजार ८८७ र जनश्रमदान ६ लाख ९९ हजार ४१३ गरि जम्मा ६१ लाख ८४ हजार ६५६ लागतमा खानेपानी योजना सम्पन्न भएको छ । 

त्यस्तै माईखोला गर्चा दुवाचौर खानेपानी तथा सरसफाई योजनामा हेल्भेटास नेपालको नगत १२ लाख ६ हजार ७७१, गुराँस गाँउपालिकाको १२ लाख ३२ हजार ७३, हेल्भेटास जिन्सी सहयोग १५ लाख ५१ हजार ३६०  स्थानिय जनश्रमदान १० लाख ८३ हजार ८८० गरि कुल ६६ लाख ९३ हजार ४१८ मा योजना सम्पन्न भएको छ । 

वडा नम्बर- ८ को माईस्थान गैरिगाँउ खानेपानी तथा सरसफाई योजनामा हेल्भेटास नेपालको  ८ लाख ६९ हजार ७०७ नगत, गुराँस गाँउपालिकाको नगत ९ लाख ५८ हजार ३३६  हेल्भेटास नेपालको जिन्सी  १३ लाख ८०५ जनश्रमदान १० लाख ८३ हजार ८९६ जम्मा कुल लागत ४२ लाख १२ हजार ७४६ लागतमा खानेपानी योजना सम्पन्न भएको छ । 

त्यस्तै गुराँस गाउँपालिका ६ को ढकढके लहरेकाफल गैरेपानी खानेपानी तथा सरसफाई योजनामा हेल्भेटास नेपालको ३२ लाख ५ हजार ६५२ नगत, गुराँस गाँउपालिको नगत १४ लाख ६८ हजार ९७७ र हेल्भेटास नेपालको जिन्सी ५ लाख ५२ हजार ७१२ र जनश्रमदान ९ हजार ५७ हजार ३१५ गरि कुल ६१ लाख ८४ हजार ६५६ मा योजना सम्पन्न भएको सामुदायिक सहजकर्ता सीता बुढाले जानकारी दिनुभयो  । 

विगतको समयमा यी वस्तीहरुमा खानेपानीको अभाव भैरहने र घण्टौँसम्म खानेपानीका लागि खोला खोल्सा धाउनुपर्ने अवस्था रहेको थियो । तर, अहिले घरघरमै खानेपानीका धाराहरु पुगेपछि दुःखहरुको अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । 

पहिले अशुद्ध पानी पिउनु पर्ने बाध्यता रहेको थियो खानेपानी योजना सम्पन्न भएदेखि स्थानियमा खुसी छाएको लहरे काफल खानेपानी उपभोक्ता समितिका अध्यक्ष बम बहादुर बिसी बताउँनुहुन्छ   । 

त्यस्तै उखाडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर थापाले पहिले खानेपानीका लागि निकै समस्या रहेको । अहिले घरमैै खानेपानीका धारा पुगेपछि खुशी हुँदै सबै सहयोगीहरुलाई धन्यवाद दिनुभयो । 

खानेपानी योजना मार्फत २२१ घरधुरी लावान्भित हुनुका साथै उपभोक्ताहरु लाई २२१ वटा खानेपानीका फिल्टर वितरण गरिएको सामुदायिक सहजकर्ता सीता वुढाले जानकारी दिनुभयो । 


 
 
 


 

प्रतिक्रिया