मैले मेरो गाउँ लाई चिने, तर मेरो गाउँले मलाई चिनेन !

मेरा पुरानो एक जना बाल्लेकालको साथी नाताले अंकल पर्नेसङ्गै मेला पात पानी -पँधेरो स्कुलसङै हिड्ने साथीको सारांश जिवनी पढ्न मन छोयो । उहाँ जस्तो वचनमा साहासी र सव्य सरल जीवन विताउन मन पराउने संसारमा कमै हुन्छन साहेद , हो आज उहाँको आफ्नै गाउँले उहाँलाई चिनेन । उहाँ लेख्नुहुन्छ,मैले धर्म रैनछ/ धर्म हराएछबारे, मेरो गाउँमा सुनेका केहि कुरा,अझ धेरै छन् बाँकी ?
१) मध्यम वर्गीय परिवारमा जन्मिएका रमन कुमारले मध्यम वर्गीय परिवारमै जन्मिएकी तुलसासंग १८ बर्षको उमेरमा विवाह गरे २० बर्षको उमेरमा छोरो जन्मियो जीन्दगी सहज हुँदै गएको थियो । अलिकति आर्थिक अवस्था सुध्रिएको के थियो रमन कुमारले दोस्रो विवाह गरे अनि मान्छेहरुले भन्न थाले धर्म हरायो धर्तीबाट, रमन संग धर्म छैन।
२) दानिशकी आमाले मामाका घरबाट बाजेले दिएको एक दुई बर्षको पौणो ल्याएकी थिईन, माइतको चिजै प्यारो भनेझै धेरै स्याहारसुसार गर्थे उनीहरु पौणाको १ तीन बर्षमै भरिएको पौणो सिङ कान मिलेको थियो ।
सर्वगुणी पौँणौ जो कोईलाई पनि हात लाईन दिन्या र खानाको पनि गुनी थियो १ त्यो पौँणो दानिशका लागी पैसाको रुख पनि थियो । १० बेत पछि अशक्त भयो र दानिशले नै कटाईमा दियो । साच्चै त्यै बेला पनि दानिशले धर्म हरायो त होला ?
३) बबन शुन्यबाट मेहनत गरि माथी आएको व्यक्ती थियो,आफु प्रतिष्ठित हुँदै गएपछि उसले आफुले लाएअह्राएको काम गर्न आफनो निकटतम् श्रवणलाई बोलायो केही वर्ष उनीहरुबिच राम्रै चल्यो , पछि श्रवणका आवश्यकताहरु पनि बढ्दै गए र श्रवणलाई पनि प्रतिष्ठित बन्ने इच्छा जागेपछि, श्रवणले बबनले भनेको मान्न छोड्यो । र आफुले आफ्नो छुट्टै पहिचान बनाउन थाल्यो, अनि मान्छेहरुले भनेँ जुन थालमा खायो त्यै थालमा हात चुठ्यो भलाईको जमना रहेन,श्रवणसंग धर्म रहेन अब ।
४) छोरो जन्मिएको दश महिनामै परिमल र परिधीको भयकंर झगडा पर्यो र दुबै अलग भए १ नाबालक बच्चा परिधीसंगै गयो, पछि परिमलले पनि दोस्रो घरजम गरे, परिधीको पनि सब ठिकठाक चलेको छ घरवार १ तर, त्यो बच्चा अहिले पनि आफन्तबाट पाउने माया र हकबाट बञ्चित छ ,मान्छेहरु भन्छन आफ्नै रगतलाई पनि मेरो होईन भन्ने त्यो परिमल संग धर्म रहेनछ १
५) रतुगाईले बाँच्छाको जन्म दिई केटाकेटी लगाएत सबै खुशी भए, रतुले दुध पनि दिई सबैले खाए, रतुको बाच्छो पनि हुँर्किदै गयो र आफ्नो पुर्ख्यौली पेशा जोत्नमा आफनो मालिक काजीलाई सधै साथ दियो । बुढेलकाल सुरु भयो रतुगाईको करङ देखिन थाले, बिस्तारै छाला पनि गयो र रतुगाई अब केहि कामकी भैन । अनि काजीले रतुगाईलाई स्याहाहरसुसार गर्न छोड्यो र अन्तमा कुकुरहरुले श्वास बाँकी रहेकी रतुगाईलाई मारे देख्ने मान्छेहरु भन्थे यो काजीसंग धर्म कत्ति पनि छैन।
देख्यौँ ूचाइनाको भाँड्यो अचाईनाको ठाँड्यो भनेको यहि हो १करिब बाह्र वर्ष काजीको खेत जोतेपछि रतुको बाच्छो (काल्या)पनि बुढो भयो हलो तान्न नसक्ने भएपछि काजीले काल्यालाई पनि छाडा बनायो, त्यसबेला मान्छेहरुले फेरी भने काजीसंग धर्म न पैला थियो न अहिले छ। मानौँ काजीले दुईपटक धर्म हरायो १
६) बाटोघाटो खुलेसंगै गाउँका साहु तनविरले पनि नयाँ गाडी किने । कम्पनीले ड्राईभर पनि पठायो । घर जान नपाउने टाढाको ड्राईभरले पछि तनविरकै छोरीलाई भगायो,केहि मान्छेहरु त्यो बेला पनि भन्थे अन्नदाताकी छोरी भगाउन्या त्यै ड्राइभरसंग पनि धर्म कत्ति रैनछ।
७) फलाना नेताले त्यसलाई टेको दियो र मान्छे बनायो नेता बनायो, अहिले त्यसले आफ्ना फाईदाका लागि पार्टी बदल्यो बम्फुसित पनि त धर्म रैनछ धर्मभया त्यसो किन गर्दो हो ?
ठेगाना . भैरवी १ रावतकोट दैलेख .प्रवाशि काजी थापा हाल भारत को केरला
प्रतिक्रिया