आधारभूत पत्रकारिता तालिम सम्पन्न

आधारभूत पत्रकारिता तालिम सम्पन्न

दैलेख – रेडियो मातृभूमीले सञ्चालन गरेको ३ दिने आधारभूत पत्रकारिता तालिम बिहीबार दैलेख सदरमुकाममा सम्पन्न भएको छ । रेडियोको दोश्रो वार्षिकोत्सवको अवसरमा साउन १५ गतेदेखि सञ्चालन भएको तालिममा समाचार लेखन तथा रेडियो उद्घोषण सम्वन्धी आधारभूत ज्ञान दिइएको थियो । 

समापन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक रेडियो मातृभूमीका स्टेशन मेनेजर अमर सुनारले पत्रकारहरुमा लगनशीलता, तत्परता, सिर्जनशीलता आवश्यक हुने बताउनुभयो । त्यसबखत रेडियो कार्यकारी निर्देशक भीम सिजापतिले पत्रकारितामा पौरख गर्नेलाई पैंसा अभाव नहुने बताउनुभयो ।


रेडियोका समाचार प्रमुख तीर्थ भण्डारीले कला साहित्य, कृषि, व्यवुसाय, व्यवसाय, जनचेतना कार्यक्रम समेत रेडियोमा विभिन्न क्षेत्रमा आफ्नो रुचीका कार्यक्रम तयार पार्नेहरुको अभाव भएको कारण यो तालिम सञ्चालन गरिएको बताउनुभयो ।

प्रेस यूनियनका जिल्ला सभापति अभिसेक अनुरागले पत्रकारितालाई व्यवसायिक बनाउन पत्रकारको आफ्नो लगाव, परिश्रम र इमान्दारिताको खाँचो रहेको औंल्याउनुभयो । तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट गोमा बिक र सन्तोष सिंजालीले आफूहरुले सिकेको सीप व्यवहारमा प्रयोग गर्न आतुर रहेको सुनाउनुभयो ।  
 

प्रतिक्रिया