कर्णालीका मुख्यमन्त्री कँडेल आउँदो सोमबार विश्वासका मत लिदै

कर्णालीका मुख्यमन्त्री कँडेल आउँदो सोमबार विश्वासका मत लिदै

दैलेख  - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले विश्वासको मत लिनको लागि शनिवार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराईसकेको सचिवालयले जनाएको छ ।
 संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कँडेलले विश्वासको मत लिने छन् ।   विश्वासको मत लिन लागेको उनको यो दोस्रो पटक हो ।  गत वैशाख १३ गते पहिलो पटक संसद्बाट विश्वासको मत पाएका थिए । 


 केन्द्रमा सत्ता समीकरण बदलिए सँगै कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको कारणले उनले दोस्रो पटक विश्वासको मत लिनु परेको हो । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन । आइतबार चार जना मन्त्रीको सपथ ग्रहणपछि  सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।

 
नेकपा माओवादी केन्द्रको सत्ता समिकरणमा कँडेल पहिलो पटकको विश्वामतमा २३ मत पाएका थिए । गत बैशाख १३ गते लिएको विश्वासमतमा  ४० सदस्यीय प्रदेश सभामा  ३६ सांसद उपस्थित थियो भने जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ ।


कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिक्रिया