कर्णालीमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

कर्णालीमा  नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौँ  -  कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ  । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सपथ ग्रहण गर्नुभएको हो  ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो । जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा रहनुभएको छ  । नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्नुहुनेछ ।

प्रतिक्रिया