कर्णाली प्रदेशका कान्छा मन्त्री भण्डारीको जीवनी

पत्रकार हुदै मन्त्रीसम्मको यात्रा

कर्णाली प्रदेशका कान्छा मन्त्री भण्डारीको जीवनी



   दैलेख  - आईतबार पद तथा गोपनियता सपथ ग्रहण गरेका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी कर्णाली प्रदेशका सबै भन्दा कान्छा मन्त्री हुन् ।  भण्डारीको २०४० सालमा नेपालको दुल्लु गाविस–२, साहुबाडा दैलेखमा आमा चन्द्रा भण्डारी र बुवा स्वर्गीय पूर्णबहादुर भण्डारीको घरमा जन्मिएका हुन् । सामाजिक विकास मन्त्री बनेका घनश्याम भण्डारी पूर्व पत्रकार हुन् ।

भण्डारीले ०५६ सालमा नेविसंघको रत्नराज्य लक्ष्मी क्याम्पसको इकाई सचिव भए । उनी कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियन दैलेखको संस्थापक सभापति समेत हुन् । यस्तै पत्रकार महासंघको जिल्ला सचिव समेत बनेका भण्डारी पछिल्लो समय दैलेखमा देउवा पक्षको नेतृत्व गरिरहेका छन् ।

 
    १२ र १३ औँ महाधिवेशनमा कांग्रेसको दैलेख –२ को क्षेत्रीय सभापति रहेका उनी ०७४ मा दुल्लु नगरपालिकाको मेयर बनेका थिए । ०७९ मा दैलेख २ (क) बाट प्रत्यक्षतर्फ चुनाव लडेर निर्वाचित भएका मन्त्री भण्डारी  अहिले पनि प्रदेशसभा सामाजिक विकास समितिका सभापति समेत हुन् ।  घनश्याम भण्डारी दैलेख निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका उनी कर्णाली प्रदेश सभा अन्र्तगत सामाजिक विकास समितिको सभापति हुन् । 


   स्थानीय तहको पहिलो निर्वाचनमा दुल्लू नगरपालिकाको प्रमुख भएर विकासका लागि विभिन्न पहलकदमीको नेतृत्व गरे ।  उनको कार्यकालमा सार्वजनिक पूर्वाधार, सरसफाइ, गरिबी निवारण कार्यक्रम र सामुदायिक सशक्तीकरण परियोजनाहरूमा उल्लेखनीय प्रगति भएका छन् । उनै भण्डारी अहिले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका हुन् । भण्डारीले दैलेखको दुल्लु नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा (१–५) र श्री बिजया उच्च माध्यमिक विद्यालयमा (६–१२) पढाइ पूरा गरेपछि त्रिभुवन विश्वविद्यालयको द्रोणाचल क्याम्पसबाट स्नातक तह उर्तिण भई मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर तह पूरा गरे । स्नाकोत्तर अध्ययन गरेका भण्डारीले असल शासन र सोसेक नेपाल नामक संस्थामा जागिर समेत गरेका थिए ।

प्रारम्भिक जीवन र शिक्षा


भण्डारीको बाल्यकाल आफ्नो गाउँको ग्रामीण परिवेशमा बित्यो, जहाँ उहाँ आफ्ना दाजुभाइसँगै कृषि गतिविधिमा हुर्किए । सानै उमेरदेखि,  साहित्य र संगीतमा रुचि राख्ने उनले शैक्षिक प्रयाससँगै विट मारे ।  शिक्षा र सामुदायिक संलग्नताप्रतिको उनको प्रतिबद्धताले  भावी नेतृत्व भूमिकाको जग बसाल्यो ।


राजनीतिक यात्रा र प्रेरणा


एक मध्यमवर्गीय किसान परिवारबाट आएका भण्डारी स्थानीय राजनीतिमा आफ्नो बुबाको संलग्नताबाट प्रेरित भएका थिए । बुबाको सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन विद्रोही पक्षबाट २०५९ असोज १२ गते हत्या गरिएपछि उनलाई सानै उमेरमा राजनीतिक क्षेत्रमा आउन बाध्यता परेको थियो । भण्डारीले राजनीतिलाई व्यक्तिगत लाभको खोजीमा नभई समाजलाई उज्यालो बनाउने माध्यम ठाने । राजनीतिलाई सामाजिक रुपान्तरणको औजार मानेर  निःस्वार्थ भई समाजको सेवामा लागे ।


डाक्टर बन्ने सपना अधुरै 


भण्डारीको राजनीतिमा यात्रा चुनौती रहित थिएन । उनको परिवारको अपेक्षा उच्च शिक्षा हासिल गर्ने र डाक्टर बन्ने उनको बुबाको मृत्यु पछि पुरा हुन सकेन ।  परिवारको जिम्मेवारी उनको थाप्लो थोपरियो । राजनीतिमा सक्रिय रूपमा संलग्न हुँदा  आफ्नो पारिवारिक कर्तव्यहरू सन्तुलनमा राख्न सफल भए, अन्ततः नेपाली कांग्रेस पार्टी भित्र नेताका रुपमा कहलिए । 


दुल्लु नगरपालिकाको नगरप्रमुख  हैसियतमा भण्डारीले नगरपालिकाको विकासका लागि विभिन्न पहलकदमीको नेतृत्व गरेका थिए । उनको कार्यकालमा सार्वजनिक पूर्वाधार, सरसफाइ, गरिबी निवारण कार्यक्रम र सामुदायिक सशक्तीकरण परियोजनाहरूमा उल्लेखनीय प्रगति भएको थियो । नागरिक चेतना र जवाफदेहितालाई बढावा दिने, सुशासन र जनसहभागितामा सुधार ल्याउने कुरामा पनि ध्यान केन्द्रित गरे ।

सामुदायिक संलग्नता र नेतृत्व


सामुदायिक सेवामा भण्डारीको प्रतिबद्धता राजनीतिक करिअरभन्दा उच्च रहयो । उनले स्थानीय संघसंस्थामा सक्रिय सहभागिता जनाए। विभिन्न विकास परियोजनामा योगदान पु–याए ।  सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वदेखि आफै पढेको विद्यालयको व्यवस्थापन समितिदेखि असल शासन क्लव जिल्ला समन्वय समितिको नेतृत्व हुँदै नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष भए । 


नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिव हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधीको रुपमा कार्य गरे । जिल्लाको पहिलो पत्रिका धमाका दैनिक देखि द्रोणाचल साप्ताहिक, रेडियो दुल्लू, मध्यपहाड मासिक सम्मको सञ्चालकको भूमिकामा रहे भने दैलेख जिल्लाबाटै राष्ट्रिय स्तरका सञ्चारमाध्यम न्युज ट्वान्टीफर टेलिभिजन र राजधानी दैनिकमा रहेर पत्रकारिता गरे । ग्रामीण विकास संस्थामार्फत, स्थानीय शासन र सामुदायिक विकास कार्यक्रम एलजीसिडिपी  जस्ता पहलहरूमा उनको संलग्नताले तल्लो तहको विकासमा आफ्नो समर्पण देखाए । 


महत्वाकांक्षी नेताहरूको लागि सल्लाह


भण्डारीले युवाहरूलाई सकारात्मक सोचलाई अँगाल्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र राष्ट्र निर्माणको प्रयासमा सक्रिय रूपमा संलग्न हुन प्रोत्साहित गर्छन् ।  समावेशी नेतृत्व, प्राविधिक आविष्कार, र दिगो विकास ड्राइभिङमा समुदायको सहभागिताको महत्वलाई जोड दिए ।  भण्डारीले नेपाली युवाको नेतृत्व गर्ने क्षमतामा विश्वास राख्दै व्यक्तिगत स्वार्थभन्दा सामाजिक हितलाई प्राथमिकता दिदै समाजसेवा गर्दै आएका थिए । सामाजिक विकास समितिका सभापति समेत रहेका मन्त्री भण्डारी प्रदेश सभाको एक बर्ष ः सिकाई अनुभव र अनुभुतिकोको पुस्तक समेत प्रकाशनमा ल्याएका छन् । आफुले प्रदेशमा सभामा उठाएका विषयबस्तु गरेका कामको समेत सो पुस्तकमा उल्लेख गरिएको छ । 


व्यक्तिगत जीवन


घनश्याम भण्डारी विवाहित र तीन सन्तान छन् । उनी हाल सुर्खेतको वीरेन्द्रनगर–७ मा बस्छन् । आफ्नो फुर्सदको समयमा, उहाँ पढ्न, संगीत र आफ्नो परिवारसँग समय बिताउन रमाइलो गर्न चाहान्छन् ।

दशौं राष्ट्रिय खेलकुदका लागि बजेट माग


     कर्णाली प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी पदभार ग्रहण गरेका छन्। आईतबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ लिए सँगै पदभार ग्रहण गरेका हुन ्। 
           पदभार ग्रहण सँगै मन्त्री भण्डारीले दुई वटा  निर्णय गरेका छन् । आगामी मंसिरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट माग गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए । प्रतियोगिताका लागि १६ करोड रुपैयाँ माग गर्ने निर्णय भएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट बजेट उपलब्ध गराउन माग गरिएको हो । 
          साथै, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० को संशोधन स्वीकृति गरेका छन्। यो सँगै छात्रवृत्ति अन्तर्गत कर्णालीका नागरिकले  प्रदेश भित्र अध्यनरत विद्यार्थीले मात्र छात्रवृत्ति पाउने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै देशभरका जुनसुकै विषय र तहमा अध्ययन गर्न पाउने गरी कार्यविधि संशोधन गरिएको मन्त्री भण्डारीले बताए ।


टाईमलाईन
नगरप्रमुख – दुल्लू नगरपालिका, दैलेख २०७४ देखि २०७९
कर्णाली प्रदेश सभा सदस्य – कर्णाली प्रदेश सभा २०७४ देखि हालसम्म 
सभापति – सामाजिक विकास समिति, कर्णाली प्रदेश सभा , २०८० जेठ १४ देखि हालसम्म 


 

प्रतिक्रिया