गायक तथा सर्जक तारामीको तिज कोशेली ‘सम्झना रहिरह्यो’ बजारमा

गायक तथा सर्जक तारामीको तिज कोशेली ‘सम्झना रहिरह्यो’ बजारमा

काठमाडौँ  -  पछिल्लो समय तीजका गीतहरुमा पहिलेजस्तै मौलिकता हराउँदै गएको छ । अहिलेका तीजहरुमा मौलिकता झल्केको देखिदैन । पहिलेका सुनौ सुनौ लागिरहने तीज गीतहरुमा मौलिकता हुन्थ्यो र परिवारसँगै बसेर सुन्न हेर्न लायक हुन्थे । तर,पछिल्लो समयमा बजारमा आएका अधिकांस गीतहरुमा भाइरल हुने नाममा विकृती मिसाइएको छ ।

भाइरल हुने नाममा समाजमा सहन नहुने अपाच्य शव्दहरु राखिएको पाइन्छ । यसो भनिरहदा सबै कलाकार पनि त्यस्तो छैनन् । केही कलाकारहरुले मौलिकतामा पनि जोड दिदै आएका छन्  ।

यसैबीचमा तीज गीतको मौलिकता बिर्सदै र विकृती मिसावट भएका बेला दैलेखी कलाकार छत्र तारामी मगरले दर्शक श्रोताका लागि मौलिक तिज गीत बजारमा ल्याउनुभएको छ ।  गायक तथा सर्जक छत्र तारामी मगर को तिज कोसेली सम्झना रहिरह्यो गीतको भिडियो सार्बजनिक भएको छ ।

गायक तथा सर्जक छत्र तारामी मगरले आफ्नै शब्द र संगित र लय र आवाजमा रहेको गितमा चर्चित गायिका टीका पुनले साथ दिएकी छन् । भने यस गीत लाई ऐरेन्ज याम थापा मगर ले गरेका छन।

यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । चिरण आचार्य, सिद्धार्थ भुसाल ले छाँयाकन गरेको भिडियोलाई खगेन्द्र के पि ले निर्देशक र चिरण आचार्य ले भिडियो सम्पादन गरेका छन । भने साम्रागी के सि र रेशम नेप्मिङ्गको दमदार अभिनय रहेको छ ।

के पि फिल्म र क्याप स्टुडियोको निर्माण मा रहेको यस गीतको भिडियोलाई छत्र तारामी मगर को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया