पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन
_m9QZifXZA2_0hxnulpka2wnq9jrcj7gv9qi4hcbyce3rpqwa2guv1o4ypwc8oyljxl8d5sx_iqjD8znpHP_nldtey2chwxcrpv5ddzpf5buwl8ll0hylswd3daxcioaanpajexdzvuz47jx.jpg)
त्रिवेणी - मध्यपहाडी राजर्मागअन्तर्गत पर्ने रुकुमखण्ड सञ्चालनमा आएको छ । शनिबार साँझ रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–८ रिनदहमा झरेको पहिरो हटाएसँगै रुकुमखण्ड सञ्चालन भएको हो ।
मुसिकोट नगरपालिकाको डोजर प्रयोग गरेर सडकमा झरेको पहिरो हटाएसँगै रोकिका सवारीसाधान गन्तव्यमा गएका मसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो ।
यहाँ रुकुम–पश्चिमबाट रुकुम पूर्वको रुकुमकोट हुँदै पोखरा, काठमाडौँ तथा रुकुम–पश्चिम हुँदै दाङ, काठमाडौँ तथा देशका विभिन्न ठाउँमा सवारी साधन सञ्चालन हुने गरेका छन् ।
प्रतिक्रिया