अपाङ्गता भएका व्याक्तिलाई आत्मनिर्भर बनाउन हातेमालो परियोजना सञ्चालन

अपाङ्गता भएका व्याक्तिलाई आत्मनिर्भर बनाउन हातेमालो परियोजना सञ्चालन

दैलेख  - अपाङ्गता भएका व्याक्तिलाई आत्मनिर्भर बनाउन दैलेखका चार पालिकामा हातेमालो परियोजना सञ्चालन गरिएको छ । समावेशी जीविकोपार्जन अवसरको माध्यमबाट अपाङ्गता भएका व्याक्ति र तीनका परिवारहरुको सामाजिक आर्थिकमा सुधार ल्याउन सो परियोजना सञ्चालन गरिएको हो । 


अपाङ्गता भएका व्याक्तिहरुले सम्मानजनक जीवनयापन गर्नसक्ने र समतामुलक समाजको निमार्णका लागि सिविएम ग्लोबल नेपालको आर्थिक सहयोगमा हातेमालो –“हाम्रो आवाज,हाम्रो सहभागिता” परियोजना सोसेक नेपालले सहजीकरण गर्दै आएको छ ।  


परियोजनाले निर्वाचन क्षेत्र –१ को नारायण नगरपालिका,नौमुले गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको छ भने निर्वाचन क्षेत्र –२ को दुल्लू नगरपालिका र भैरवी गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्नका लागि परिचयात्मक कार्यक्रम गरि समझदारी पत्रमा प्रत्येक पालिकाले १७ लाख ९९ हजार रुपैयाँमा हस्ताक्षर गरिसकेको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज विसीले बताउनुभयो ।

उहाँले भन्नुभयो,यो परियोजना सञ्चालनका लागि हामीले चारवटै पालिकामा कार्यक्रमको जानकारी दिई समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौ ।  सझदारी पत्र अनुसार चारवटै पालिकाबाट  ७१ लाख ९६ हजार जम्मा गनुपर्ने हुन्छ । कार्यक्रम विशेषगरि अपाङ्गता भएका व्याक्ति र तीनका अभिभावक,विद्यालय,घर,स्वास्थ्य संस्थामा समेत गरिनेछ, उहाँले थप्नुभयो ।


परियोजनाले ३ बर्षका लागि ५ करोड भन्दा बढि खर्चिने 


हातेमालो परियोजनाले अपाङ्गता भएका व्याक्ति विभिन्न जनचेतनामुलक कार्यक्रम लागि चार पालिकामा ३ बर्ष अवधिमा ५ करोड ४७ लाख १९ हजार ३५६ रुपैयाँ ४८ पैसा खर्चिने भएको छ । अपाङ्गता भएका महिला पुरुष,बालबालिका, अभिभावक,संघ संस्थामा उक्त रकम खर्चिने भएको हो । 
परियोजनाबाट महिला,पुरुष र बालबालिका गरि ३ हजार ६८१ जनसंख्या लाभान्वित हुने छन् आधारभुत विद्यालय,माध्यामिक विद्यालय र स्वास्थ्य संस्था गरि ८४ वटा संस्थामा कार्यक्रम सञ्चालन गरिने निर्देशक विसीले जानकारी दिनुभयो ।  


 २०७८ जनगणना अनुसार निर्वाचन क्षेत्र १ नारायण नगरपालिमा अपाङ्गता भएका महिला पुरुष,बालबालिका गरि ९४४ जना अपाङ्गता छन भने नौमुले गाउँपालिमा महिला पुरुष बालबालिका गरि ५४४ जना अपाङ्गता व्याक्ति रहेको जनगणनामा उल्लेख गरिएको छ । 
त्यसैगरि निर्वाचन क्षेत्र नम्बर २ को दुल्लू नगरपालिकामा महिला पुरुष,बालबालिका गरि १ हजार ३६७ जना अपाङ्गता छन भने भैरवी गाउँपालिमा महिला,पुरुष र बालबालिका गरि ८२६ जना अपाङ्गता रहेको २०७८ सालको जनगणनामा उल्लेख गरिएको छ । 


परियोजनाले नारायण नगरपालिकामा १२,भैरवी गाउँपालिकामा ८, दुल्लूमा १४,नौमुले गाउँपालिकामा १२ गरि जम्मा ४६ आधारभुत विद्यालय प्रत्यक्ष लाभान्वित हुने छन भने  नारायण नगरपालिकामा ३,भैरवीमा २,दुल्लूमा ५,नौमुलेमा ३, गरि १४ माध्यामिक विद्यालय परियोजनाले सहयोग गर्ने भएको छ । त्यसैगरि नारायण नगरपालिकामा ७,भैरवीमा ५,दुल्लूमा  ७,नौमुले ६, गरि २५, स्वास्थ्य संस्था लाभान्वित हुने परियोजनाले जनाएको छ । जस अनुसार नारायण नगरपालिमा प्रत्यक्ष लाभान्वित हुने संस्थाको संख्या २२,भैरवीमा १५,दुल्लूमा २६,नौमुलेमा २१ गरि जम्मा ८४ संस्थालाई परियोजनाले सहयोग गर्ने भएको छ । 


आशावादी स्थानीय सरकार 


भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले परियोजनाको पादर्शिता आफुलाई मन परेको बताउनु भयो । लोकतन्त्रमा विकास सँगै सुशासन,पादर्शिता आजको आवश्यकता भएकोले यो कार्यक्रमले ल्याएको पादर्शितालाई पालिकाले अंगाल्ने छ,उहाँले भन्नुभयो । यो कार्यक्रमले अपाङ्गता भएका व्याक्तिलाई आत्मनिर्भर बनाउन म लगायत पालिका आशावादी छौं । कागतमा मात्र सिमित नभई कार्यान्वयन हुनेछ उहाँले थप्नुभयो । 
त्यसैगरि दुल्लू नगरपालिका नगर उपप्रमुख विना कार्कीले पहुँचमा नभएका अधिकाँश महिला पुरुष,दलित छुटेको बताउनुभयो । ती छुटेका व्याक्तिलाई हातेमालो कार्यक्रम समेटेर आत्मनिर्भर बनाउनेमा आफु आशावादी रहेको छु,। पालिकाको बजेटले पुग्दैन । संस्थासँग साझेदारी गरेर यस नगरका अपांगता भएका व्याक्तिका समस्या समाधान नगर लागि परेको उहाँको भनाई छ । 


निर्वाचन क्षेत्र –१ नारायण नगरपालिकाका नगरउप्रमुख तप्ताकुमारी थापाले नगरपालिकाले अपाङ्गता सम्बन्धि प्रोफाईल तयार गरेको जानकारी दिनुभयो । हामीले हरेक विकासका संरचना अपाङ्गता मैत्री बनाउन शुरुवात गरेको तर बजेट अभावले पुरा हुन नसकेको जानकारी दिनुभयो । परिचय पत्र दिएपनि सहायक सामाग्री दिन सकेको छैनौ । अपाङ्गता भएका व्याक्तिलाई आयआर्जन क्रियाकलाप मार्फत आत्मनिर्भर बनाउन थालनी गरेपनि प्रयाप्त छैन,हातेमालो कार्यक्रमले थप बल पुग्ने छ,उहाँले थप्नुभयो ।


चारवटै पालिकामा गरिएको हातेमालो परियोजनाको परिचयात्मक कार्यक्रममा अधिकाँश सहभागीले क र ख वर्गका अपाङ्गता भएका व्याक्ति भत्ता दिने गरेको भए पनि ग र घ भएकाले भत्ता नहुँदा दुखेसो पोख्ने गरेका यो कार्यक्रमले ती वर्गमा समेट्नु पर्ने सल्लाह दिएका थिए ।  

   
सोसेक नेपालले १० जिल्लामा ३३ वटा परियोजना मार्फत विकास निर्माण,विपद सहयोग,बालविवाह न्यूनिकरण,महिला हिंसा,छाउपडी प्रथा शिक्षा स्वास्थ्य विपन्न लोपोन्मुख समुदायमा कार्यक्रम गदै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया