मुख्यमन्त्री कँडेलले पाए,दोस्रो पटक विश्वासको मत

मुख्यमन्त्री कँडेलले पाए,दोस्रो पटक विश्वासको मत

सुर्खेत  - कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक  विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा वैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली काँग्रेस र एमालेका साँसदहरुले विश्वासको मत दिएका हुन् ।


मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्यो ।  एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिएका थिए । मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।


 मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । 


कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । 


विश्वासको मत माग्दै मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार निरन्तरता दिई रहेको बताए । २०८० चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले पहिलो पटक २०८१ वैशाख १३ गते सँसदबाट विश्वासको मत पाएका थिए । त्यो बेला माओवादी र समाजवादीको समर्थन पाए थिए भने केन्द्रमा सत्ता समिकरण बदलिए सँगै कर्णाली प्रदेशमा पनि काँग्रेस–एमालेबिच सरकार बनेको छ ।  
 

प्रतिक्रिया