पहिरोले कर्णाली राजमार्ग अबरुद्ध

पहिरोले कर्णाली राजमार्ग अबरुद्ध

दैलेख  - मंगलबारदेखी  लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँँदा कर्णाली राजमार्ग अवरुद्ध  भएको छ ।
कालिकोट जिल्ला शुभकालिका गाउपालिका १ सडकखण्डको गोगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध  भएको हो ।


राजमार्गमा पहिरो जाँदा राजमार्गमा चल्ने सवारी साधन विछ बाटोमा अलपत्र परेका छन ट्रक,बस,लगायत साना सवारी साधन विच बाटो रोकिएको कालिकोट प्रहरीले जनाएको छ ।


अवरुद्द राजमार्ग खुलाउन बुधबार बिहान ६ बजे देखि कालिकोट्बाट स्काभेटर सहित प्रहरिको टोलि खटिएको कालिकोटका ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महतराले टेलिफोनबाट जानकारी दिए ।उनले भने,गोगने खोलाको माथिबाट पहिरो आउदा सडक अवरुद्द भएको बिच बाटोमा ४र५ वटा ट्र्कमा छन । कालिकोट्बाट सुर्खेत जाने यातायात साधनलाई हामिले कालिकोट्को हुल्मबजारमा रोकेका छौ भने दैलेख प्रहरीले राकम कर्णालिमै यातायातका साधन रोकेका यात्रीलाई त्यति सास्ती छैन । अवरुद्द राजमार्ग खुलाउन टोलि त्यहाँ पुगि सकेको अबको केही घण्टा अबरुद्ध राजमार्ग खुलाई यातायातका साधनलाई गन्तव्य स्थानमा लाग्ने छन ,महतराले भने ।

प्रतिक्रिया