नुवाकोट हेलिकप्टर दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

नुवाकोट हेलिकप्टर दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

काठमाडौँ  - नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। 


काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव भेटिएको पुष्टि गरे। 

वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी छ।

प्रतिक्रिया