सुर्खेतमा दुई सडक दुर्घटना हुँदा १ को मृत्यु ११ जना घाईते

सुर्खेतमा दुई सडक दुर्घटना हुँदा १ को मृत्यु ११ जना घाईते

सुर्खेत  - बुधवार सुर्खेतमा दुई स्थानमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना विद्यार्थी घाईते भएका छन् । मृत्यु हुनेमा ४८ बर्षिय अटो चालक डिलबहादुर डडाली हुन् । दिउसो लेकवेशी नगरपालिका–४, को दशरथपुरदेखि वडा नम्वर– १ लेखफर्सा तर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ क २४९१ नम्वरको ट्रकले विपरित दिशाबाट आईरहेको भे १ ह ६६७५ नम्वरको अटो रिक्सालाई ठक्कर दिएको थियो । 
  ट्रकको ठक्करबाट डडालीको घटनास्थलमै मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतको लेकवेशी नगरपालिका–३, स्थित काप्रीखोला नजिक मदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
 
त्यसैगरि बुधबार साँझ विद्यार्थी बोकेर हिडेको वीरेन्द्रनगर ८ को स्तिथ इत्राम खोलामा दुर्घटनामा परेको छ ।  ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो । बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताए । कक्षा ५ मा अध्ययनरत छात्रा रेनिषा भुसेल गम्भिर घाईतेलाई प्रदेश अस्पतालमा उपचार भईरहेको छ भने अन्य १० जना विद्यार्थीको स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले जानकारी दिए । 

प्रतिक्रिया