सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित

काठमाडौँ  -  सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिबाट पारित भएको छ ।

समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
 
समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो । सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो ।

प्रतिक्रिया