‘विश्व–ज्योति काव्य–पुरस्कार’ का लागि पाण्डुलिपि आह्वान

‘विश्व–ज्योति काव्य–पुरस्कार’ का लागि पाण्डुलिपि आह्वान

काठमाडौँ  -  ‘विश्व–ज्योति काव्य–पुरस्कार’ का लागि पाण्डुलिपि आह्वान गरिएको छ । साहित्यिक संस्था एपेक नेपालद्वारा प्रदान गरिने पुरस्कारका लागि अप्रकाशित कविता सङ्ग्रहको पाण्डुलिपि माग गरिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । 

एउटा पनि कविता सङ्ग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेको कुनै पनि युवाले नेपाली भाषामा लेखेको कविता सङ्ग्रहको पाण्डुलिपि पठाउनुपर्ने उल्लेख गरिएको एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पुस मसान्तसम्म आवेदन दिन सकिनेछ ।  

छनोट भएको सर्वोत्कृष्ट पाण्डुलिपिलाई एपेक नेपालको वार्षिकोत्सव आगामी चैत २५ गतेको कार्यक्रममा लोकार्पण गरिने श्रेष्ठले जानकारी दिनुभयो । काव्य सर्जक र सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले काव्य पाण्डुलिपि प्रतियोगिता गर्न लागिएको हो । श्रेष्ठका अनुसार खासगरी युवा कविका लागि पाण्डुलिपि तयार गर्न पर्याप्त समय पुगोस् भन्ने अभिप्रायले यस्तो सूचना जारी गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया