'कनेक्टिङ कर्णाली' अभियान मार्फत काठमाडौँमा डोल्पा प्रदर्शनी

'कनेक्टिङ कर्णाली' अभियान मार्फत काठमाडौँमा डोल्पा प्रदर्शनी

काठमाडौँ -  शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने दश महिने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रर्दशनी सुरु गरिएको छ । मनघरी फाउण्डेसनको आयोजनामा शनिबार सुरु भएको उक्त प्रर्दशनी सोमबारसम्म जारी रहनेछ ।

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामाग्रीहरुमार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने अभियान अन्र्तगत असार महिनामा दैलेखको प्रर्दशनी गरिएको थियो भने साउन महिनामा डोल्पा जिल्ला प्रर्दशन गरिएको  कनेक्टिङ कर्णालाका परिकल्पनाकार एवं मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताउनुभयो  । 

प्रर्दशनीमा डोल्पा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने गरी ३० वटा तस्वीरका साथै  डोल्पा जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादित सामाग्री प्रर्दशनीमा राखिएको थापाले बताउनुभयो । 

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ । जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर उचित प्रचार प्रसार हुन सकेको छैन, यही कुरालाई मनन गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष भरतबन्धु थापाले बताउनुभयो ।

प्रर्दशनीमा भरतबन्धु थापाका १८ वटा तस्वीर, टेक शाहीका ४ वटा तस्वीर, जगे बुढाका २ वटा तस्वीर र डा सुरज उपाध्याय, रामचन्द्र बस्नेत, रामचन्द्र न्यौपाने र डब्लूडब्लूएफको एक तस्वीर राखिएको छ । भिडियोहरु टेक शाही र मनघरी फाउण्डेसनले तयार गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया