कर्णाली नदीमा माछा मारेर जीवन धान्दै रहफबासी

कर्णाली नदीमा माछा मारेर जीवन धान्दै रहफबासी


दैलेख - अछामको तुर्माखाँद गाउँपालिका –१ को रहफ वडालाई पालिकाको कर्णाली भनेर चिनिन्छ । व्यवस्था बदलिए पनि रहफबासीका जीवनशैली अझै पनि उस्तै छ । जीवनयापन लागि मुग्लान बाहेक अर्को विकल्प छैन । कर्णाली राजमार्गमा नियमित यातायातका साधन सञ्चालन भएपनि रहफबासीले त्यसको सदुपयोग गर्न पाएका छैनन् । कृषि,पशुपालनबाट जीवन धान्दै आएका रहफबासी कालापहाड भरमै छन् ।


जीवनयापन गर्ने अर्को उपाय नभएपछि रहफबासीका लागि कालापहाड र कर्णाली नदीको माछा जीवनयापनका लागि साहारा बनेको छ । तर माछा मार्नु त्यति सजिलो छैन । जोखिम मोलेर कर्णाली नदीमा काठको डुंगाको सहायताले माछा मारेर जीवन गुजार्न बाध्य छन् ।
डेढ महिना अघि कालापहाडबाट गाउँ फर्किएका तुर्माखाँद गाउँपालिका –१ का रहफका ४५ बर्षिय रमेशबहादुर शाही विहानको ३ बजे उठेर व्याट्रीको सहारामा माछा मार्न कर्णाली नदी झर्छन् । दिउसो १२ बजे खाना खाएर साँझ घर फर्किन्छ ।


माछा मारेर नजिकै डुगेश्वर बजार विक्री गरि बेलुका पख घर फर्किन्छ । शाहीको यो नियमित कर्म नै हो । गाउँमा रोजगारीका अवसर नहुँदा शाहीले माछा विक्रीबाटै ५ जनाको परिवार पाल्दै आएका छन् । गाउँमा स्थानीय सरकार नागरिक प्रति उतरदायि नहुँदा कालापहाड र कर्णाली नदीमा जोखिम मोलेर माछा मार्नु पर्ने बाध्यता रहेको तुर्माखाँद –१ का रमेशबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,एक त हामी दुर्गममा छौ ।
गाउँपालिका पुग्न एक दिन पैदल लाग्छ । कि दैलेखको कर्णाली राजमार्ग भएर असारघाट पुगेर पालिकामा जानुपर्छ । पालिकामा के भयो हामीलाई जानकारी नै हुदैन । रमेश जस्तै सोही गाउँका गणेशबहादुर शाहीको पनि दैनिक माछा मारेर वित्ने गर्छन । पैसा कमाउनका लागि एक महिना अघि भारतको बागेश्वर पुगे । सधै खणी खानीमा काम गर्ने शाही यो पाली खणी नभेटिएपछि घर फर्किए २ छोरा बुढाबुढी सहित चार जनाको परिवार माछा मारेर पाल्दै आएको सोही वडाका गणेशबहादुर शाहीले जानकारी दिनुभयो । 
त्यसैगरि दैलेख दुल्लू नगरपालिका १६ बर्षिय प्रकाश खड्का गाउँमा रोजगारी नहुँदा भारत लागे । भारतमा भने जस्तो रोजगारी नपाउँदा गाउँ फर्किए कर्णाली नदीमा माछा मारेर विक्री गरि परिवार पाल्दै आएका छन् । गाउँमा आएको सिहदरबारले रोजगारी नदिएर कालापहाड र खाडी मुलुक जानुपर्ने बाध्यता भएको खडकाको भनाई छ ।

 गाउँका सिंहदबारले रोजगारीका अवसर नदिदा अधिकाँश सुदुर र कर्णाली प्रदेशका नागरिकहरु भारतकै भरमा जीवन यापन गरिरहेका छन् ।


गाउँमै आएको सिंहदरबारले गाउँमा कति जना बेरोजगार छन कति जना भारतमा मजदुरी गर्न गएका छन् तथ्यांक छैन । कतिपय पुरुष गाउँमा नहुँदा गाउँ पुरुष विहिन बनेको छ । गाउँमै केही गर्नुपर्छ भन्ने युवा विदेश पलायनले गाउँको दिगो विकासमा समेत असर गरेको छ । सुदुर र कर्णाली प्रदेशका विदेशीने पुरुषहरुलाई गाउँमै रोजगारी दिई सिहदबार आएको अनुभुति दिलाउन सकेमात्र संघियताले सार्थकका पाउने देखिन्छ ।
 
 

प्रतिक्रिया