४९ बर्षिया महिलाको हत्या आरोपमा एक युवक पक्राउ

४९ बर्षिया महिलाको हत्या आरोपमा एक युवक पक्राउ

  रुकुमपश्चिम - गएको शुक्रवार रुकुमपश्चिममा ४९ बर्षिया महिलालाई हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सुशीलाको हत्या आरोपमा रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नं. ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
 युवा प्रेमको मायाजालमा परेकीले सुशिलाले विवाह गर्न दवाव दिएपछि हत्या भएको खुलेको तथ्य खुलेको छ । हत्या भएकी सुशिला मल्ल रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ४ लामचौरकी हुन् । 
 सुशीला र प्रेमबीच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यतिबेला फोन नम्बर साटासाट गरेर बेला–बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा  शव बरामद गरिएको थियो । साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा गएको स्थानीयबासी बताउँछन् । 
सोही दिन राती दुवै जनासँगै बसेको र साउन २२ गते मंगलबार बिहानै उठेर दुवै जना रिम्ना बजार गएर घुमेको प्रहरीले जानकारी दिएको छ । विवाहको लागि सुशिलाले प्रेमलाई दवाव दिएपछि आरोपितले फलामको तावा, सिलौटोलगायतका घरेलु हतियार प्रयोग गरि  सलले घाँटी बाँधेर हत्या गरेको खुलेको  प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा प्रेमले घटनापश्चात मृतक सुशीलाको मोबाइल साथमा लिइ आफ्नो कोठामा लुकाएर राखेको बताएपछि प्रहरीले सो मोबाइल पनि बरामद गरेको छ । प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया