परियोजना  सल्लाहकार समितिको स्थलगत अनुगमन तथा समीक्षा सम्पन्न

परियोजना  सल्लाहकार समितिको स्थलगत अनुगमन तथा समीक्षा सम्पन्न भगवतीमाई गाउँपालिका-६ मा रहेका लक्ष्मी प्राथमिक विद्यालयमा अनुगमन टिम फाेटाेः कृष्ण अधिकारी

दैलेखः  भगवतीमाई गाउँपालिकामा परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा समीक्षा सम्पन्न भएको छ । 
भगवतीमाई गाउँपालिकाको समन्वय तथा सोसेक नेपाल र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण, प्रायोजन तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाद्धारा कार्यक्षेत्रमा सञ्चालन गरिएका क्रियाकलापहरूको जिल्ला तथा स्थानीय परियोजना सल्लाहकार समितिबाट अनुगमन सम्पन्न गरिएको हो । परियोजनाले अनुगमनबाट प्राप्त सल्लाह अनुसार आगामी योजनामा समावेश गर्न समेत यस अनुगमनको प्रमुख उद्देश्य भएको बताएको छ ।  भगवतीमाई गाउँपालिका वडा नंं.–४ को भगवती प्राथमिक विद्यालय कुल्ले र वडा नं. ६ को लक्ष्मी आधारभूत विद्यालय पैयाचौर तथा वडा बाल संचालन् समितिसँग समेत अनुगमन समितिले अन्तरक्रिया गरेको थियो । उनीहरूले गरेका कामको रेकडिङ्ग रिपोटिङ्ग फाइलको अनुगमन समेत गरेको साेसेक नेपालका मिल अफिसर धर्म बास्तोलाले जानकारी दिए ।
विहिबार अनुगमन गरेको समितिले शुक्रवार अनुगमनमा देखिएका पक्षहरूको समीक्षा गरेको छ । उक्त समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले शिक्षामा गुणस्तर खस्किँदै गएको बताएका छन् । कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै उनले शिक्षा के हो बुझेर मात्रै गुणस्तर खोज्नुपर्ने बताए ।  उनले भने शिक्षा नबुझी गुणस्तरका पछि नलागौँ । अरूले के गरे भन्ने होइन हामीले के गर्ने सक्छौ भन्ने कुरा मुख्य हुने हुँदा अरूको पछाडि नलागी सत्कर्म हामी आफैबाट गर्नुपर्ने धारण राखे । 
कार्यक्रमको विशेष अतिथिको रूपमा बोल्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले हामीले बालबालिकामा चायको व्यवहार परिवर्तन हो, बालबालिका शिक्षक तथा शिक्षिकाको व्यवहार परिवर्तन गर्नुपर्छ । बालबालिका विद्यालयमा ६ घण्टा मात्रै  हुन्छ, १८ घण्टा परिवारसँग हुने हुँदा बालबालिकाको मात्रै नभई अब अभिभावसँग भेटघाट गर्दै । परिवारको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यस्ता कार्यक्रम निरन्तरता कसरी दिन सकिन्छ त्यसतर्फ सबैले सोच्नुपर्छ उनले भने । संस्थाका असल र सवल पक्षको अनुसरण गर्न आफ्नो पालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । 


पालिका उपाध्यक्ष मिना कुमारी खड्काले सङ्घ संस्थाले गरेको काम  दायित्व स्थानीय सरकारको भएकोले  पालिकाले पनि के काम गर्दा प्रभावकारी हुन्छ त्यसतर्फ लागिरहेको बताइन्  । स्थानीय सरकार पनि संस्थाको काममा जोडिएकाले सबै मिलेर काम गर्नुपर्छ उनले भनिन् । 
समीक्षा कार्यक्रमको समापनमा बोल्दै सोसेक नेपालका उपाध्यक्ष कविराज रिजालले अर्कालाई दोष दिएर आफूले केही नगर्ने प्रवृत्तिले कहील्यै अगाडि बढ्न नसकिने बताए । उनले २ दिनको कार्यक्रम सहभागी सबैलाई धन्यवाद दिँदै सल्लाहकार समितिले दिएको सुझाव अनुसार अगाडि संस्थालाई अगाडि बढाउने बताए ।
 

प्रतिक्रिया