निबन्ध लेखन प्रतियोगिता प्रथम भइन तपस्या अधिकारी

निबन्ध लेखन प्रतियोगिता प्रथम भइन तपस्या अधिकारी


दैलेखः भगवतीमाई गाउँपालिकामा “समावेशी तथा गुणस्तरीय शिक्षा आजको आवश्यकता “ भन्ने शीर्षकमा निबन्ध लेखन प्रतियोगिता तपस्या अधिकारी प्रथम भएकी छन् ।
भगवतीमाई गाउँपालिका बाल संजालका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता तथा भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाको प्रमुख आतित्यतामा आइतबार प्रतियोगिता गरिएको हो । भगवतीमाई गाउँपालिका बाल संजालको आयोजना, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सोसेक नेपालको आर्थिक सहयोग तथा भगवतीमाई गाउँपालिकाको समन्वयमा माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको बाल सञ्जालका अध्यक्ष लक्ष्मी थापाले जानकारी दिइन् ।
थापाका अनुसार भगवतीमाई गाउँपालिका भित्रका ८ माध्यमिक विद्यालयबाट १५ जना छात्रा, छात्रको उपस्थित रहेको थियो  ।  बाल सहभागिता, समावेशीकरण तथा विद्यार्थीहरूको लेखन सीप क्षमता वृद्धि गर्ने उद्देश्यले बालसंजाल मार्फत निबन्ध लेखन प्रतियोगिता राखिए थियो । भगवतिमाइ गाउँपालिकामा बालसंजालले बक्तित्वकला लगायतका अन्य कार्यक्रम गर्ने गरी कार्ययोजना बनाइ विभिन्न समयमा फरक फरक कार्यक्रम गन्ने गरेको बाल संरक्षण सामाजिक परिचालक मोतीकला शाहीले बताइन । 
प्रतियोगितामा ज्वाला माध्यमिक विद्यालय वेस्तडाका छात्रा तपस्या अधिकारी  प्रथम, भैरव माध्यमिक  विद्यालयका खोरका छात्र भरत खड्का दितिय, भैरव माध्यमिक विद्यालय खोर कै छात्रा मिना बि.क. तृतीय र जनता माध्यमिक विद्यालय रुमका छात्रा सरिता रावल सान्त्वना भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि तथा भगवतिमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले गुणस्तरीय शिक्षाको लागि यस्ता खालका प्रतिस्पर्धा गर्ने पर्ने बताए उनले भने– असल विद्यार्थी असल अभ्यास लगायतमा पनि प्रतिस्पर्धा पगार्नुपर्छ,  अब विद्यार्थीमा मात्रै हैन शिक्षकहरूमा पनि प्रतिस्पर्धा गर्नुपर्ने  अवस्था आएको छ । हामीले त्यो गर्ने गरेका छौँ। विद्यालय विद्यालय बिच, विषय–विषय बिच प्रतिस्पर्धा गरेर  हरेको क्षमता विकास गर्नुपर्छ ।
कार्यक्रमको समापनमा बोल्दै भगवतिमाई वालसंजालका अध्यक्ष लक्ष्मी थापाले  कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएकी छन् । 
 

प्रतिक्रिया