युवा नीति ल्याएरै छोड्छौं: मन्त्री भण्डारी

युवा नीति ल्याएरै छोड्छौं: मन्त्री भण्डारी

सुर्खेत – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति ल्याउने बताएका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सोमबार सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएका हुन् । 


उहाँले भन्नुभयो,प्रदेशमा युवा नीति आवश्यक रहेको छिट्टै ल्याउँछौ । प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसकेपनि प्रदेश सरकारले आफ्ना प्रयासहरु निरन्तरता दिएको छ ।  आन्तरिक स्रोत कमजोरीका कारण पनि संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्थालाई प्रस्तुत गर्नु भएको थियो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक, दृष्टिविहीन अपांगता लगायतका लक्षित वर्गका व्यक्तिहरुका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था गर्नुका साथै  त्यसका लागि तत्कालै प्रदेश सरकारले नीति ल्याउने जानकारी दिनुभयो । 


खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै आफुले पदभारका क्रममा गरेको पहिलो निर्णय बारे युवाहरुलाई जानकारी गराउनुभयो ।  युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डिजिटल सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

 

प्रतिक्रिया