प्रकाश शाहीको “पिर” सार्वजनिक

प्रकाश शाहीको “पिर” सार्वजनिक

काठमाडौँ -  हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज नजिकिँदै छ । यतिबेला तिज गितहरुले बजार तात्न थालेको देखिन्छ । फरक यत्ति हो पहिले मौलिकतामा आधारित तिज गितले बजार तात्थे भने अहिले विकृतीका पोकाले भरिका गितहरुले बजार तात्न थालेको देखिन्छ । अहिले भाइरल हुने होडबाजीले तिज गितमै अनेक विकृतीहरु मिसिन थालेका छन् ।

मौलिकतामा भन्दा पनि भाइरल हुने होडबाजीले अहिलेका तिज गितहरु सबै परिवार सँगै बसेर हेर्न नमिल्नेसम्मका गितहरुमा पनि बजारमा छ्यापछ्याप्ती आउन थालेका छन् । मौलिकतामा आधारित कमै मात्र तिज गितहरु अहिले बजारमा देख्न पाइन्छ । त्यसमध्यको एक गायक तथा सर्जक प्रकाश शाहीको “पिर” । गितसंगितको क्षेत्रमा लामो समयदेखि लाग्नुभएको शाहीको “पिर” सोमवार (आज) सार्वजनिक भएको उहाँले बताउनुभएको छ । 

 गित संगितको क्षेत्रमा निरन्तर सक्रिय रहनुभएका कलाकार  शाहीको तिज गित “पिर” सार्वजनिक भएको हो  ।  गायिका सुनिता बुढाको स्वरमा रहेको भिडियो सोमबार सार्वजनिक भएको छ । गितको भिडियो प्रकाश शाही युट्टुव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

तिज गित मौलिकतामा आधारित तिजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गितमा प्रकाश शाहीको शब्द, बरिष्ठ संगितकार गंगा के. सी. को संगित रहेको छ । त्यस्तै झरान सावद र धनकली शाहीको अभिनय, बिपिन आचार्यको संगित संयोजन, प्रबिन शाहीको कोरियोग्राफि, गोपाल रुचालको छायांकन र सम्पादन, अनि गितका सर्जक प्रकाश शाहीकै निर्देशनमा तयार पारिएको गितका सर्जक प्रकाश शाहीले बताउनुभयो  ।

उहाँका अनुसार गितमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरु मासिदै गएको कुरा झल्काउन खोजिएको छ। यो गितका माध्यमबाट तिजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको  प्रकाश शााहीले बताउनुभयो  ।  यस अघि उहाँका पुजाको थाली, माईति देशको चुनाव, मेरो नाचो, पशुपतिमा जलरी लगायतका तिज गित दर्शक स्रोताको मन जित्न सफल गितहरु हुन ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=eEAVg9nvgk0&t=119s

प्रतिक्रिया