अछामको रहफमा बाख्रापालनसम्बन्धि दुइ दिने तालिम संचालन

अछामको रहफमा बाख्रापालनसम्बन्धि दुइ दिने तालिम संचालन

अछाम -  अछामको तुर्माखाँद गाउँपालिकामा बाख्रापालन सम्बन्धि दुइदिने तालिम संचालन भएको छ । डिसिए नेपालको साझेदारी, सोसेक नेपालद्वारा संचालित बाख्रा गिफ्ट परियोजना अन्र्तगततुर्माखाँद गाउँपालिका -१ रहफमा संचालन गरिएको हो ।

दुइदिने तालिममा कोपिला बचत तथा ऋण कृषि समूह र लाची फुलबारी कृषि समुहका ३० जना कृषक सदस्यहरुको सहभागिता रहेको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमको प्रमुख अथिति -१ नम्बर वडाका वडा अध्यक्ष उपेन्द्र बहादुर रावल रहनुभएको थियो । कार्यक्रममा अन्य अतिथिहरुमा संयोजक पुष्कर प्रसाद शर्मा, तालिम प्रशिक्षक तुर्माखाँद गाउँपालिका पशु विकास शाखा प्रमुख जनक बहादुर बुढा , महिला बालबालिका शाखा प्रमुख जनक बहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम संचालक कृषि प्राविधिक हिक्मेन्द माझी रहनुभएको थियो  । तालिममा बाख्रापालनको महत्त्व , बाख्रा का जात , खोर निर्माण ,प्रजनन व्यवस्थापन ,हेरचाह ,पोषण सम्बन्धि जानकारी दिएको थियो ।

प्रतिक्रिया