हुम्लाको ताँजकोटमा घरदैलो स्वास्थ्य अभियान

हुम्लाको ताँजकोटमा घरदैलो स्वास्थ्य अभियान

हुम्ला -   ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरेको छ ।  घरदैलोमा स्वास्थ्य सेवा प्रवाह गर्न अभियान सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले जानकारी दिनुभयो ।

अभियानबाट विशेषगरी स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्ततालाई लाभान्वित भएका जनाइएको छ ।  निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले हालसम्म वडा नं १, ४ र ५ का बस्तीमा घरदैलो स्वास्थ्य अभियान सम्पन्न भएको बताउनुभयो । 

हालसम्म ती वडाका तीन सय ५२ जनाको स्वास्थ्य परीक्षणका साथै उपचार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । बाँकी रहेका वडा नं २ र ३ का बस्तीमा रहेका आमा समूहसँग बैठक बसी व्यक्तिगत सरसफाइ, झाडा पखाला, प्रजनन स्वास्थ्यसम्बन्धी लगायतका विषयमा परामर्श दिने काम  भइरहेको उहाँले बताउनुभयो ।

घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेट समस्याका लागि उपचार सेवा प्रदान गरेका हुन् । जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो । 

प्रतिक्रिया