कलिलै उमेरमा एकल बन्दै राउटे समुदायका युवती

कलिलै उमेरमा एकल बन्दै राउटे समुदायका युवती

काठमाडौँ -   छ वर्ष अघि २०७५ फागुन १० मा १२ वर्षिय सुरमान र ३२ वर्षका शिवराज शाहीको विवाह भयो । त्यस्कै अर्को दिन फागुन १२ गते १२ वर्षिय मयाराम शाहीसँग ३४ वर्षिय दल बहादुर शाहीको विवाह भयो । १२ वर्षको कलिलै उमेरमा विवाह गरेकी सुरमान शाही र १२ वर्षिय मयाराम शाहीको टाउकोमा एउटा सिंगो जिम्मेवारी थपियो । बाआमासँग खुशीसाथ बसेकी सुरमान र मयाराम शाहीको पारिवारिक जिम्मेवारी सुरु भयो । 

विवाह गरेका नयाँ दम्पती एकअर्कामा घुलमिल हुँदै आफ्नो संसार बसाउँदै थिए । दुर्भाग्य २०७८ वैशाख ११ गते सुरमानका श्रीमान शिवराज शाहीले ३६ वर्षको उमेरमा संसार त्यागे । शिवराजले संसार त्यागेको तीन महिना पछि २०७८ श्रावण १८ गते मयाराम शाहीका श्रीमान दल बहादुर शाहीले ३८ वर्षको उमेरमा उनले पनि संसार छाडे । त्यसपछि कलिलै उमेरमा एकल भइन् सुरमान र मयाराम शाही । कलिलै उमेरमा बिवाह गरेर कलिलै उमेर श्रीमान गुमाउने राउटे युवतीको जीवन दयनीय छ ।

१२÷१४ वर्षको उमेरमै बिवाह गरेर १६÷१८ वर्षको उमेरमा श्रीमान गुमाउने राउटे समुदायका युवतीहरुले जिन्दगीभर एकल राउटे समुदायमा पछिल्लो समय कलिलै उमेरमा श्रीमानको मृत्यु भएपछि एकल हुने राउटे समुदायका महिला युवतीहरुको यो अवस्थाले उनीहरु पीडादायी जीवन बाच्न बाध्य छन् ।

एकल हुने यो संख्या घट्दै जानुपर्नेमा बढ्दै गएको तथ्यांकले देखाउँछ ।  बिहे गरिहालियो र रामै्र भएको थियो, सानै उमेरमा श्रीमानको मृत्यु पनि एकल भएर जीवन बिताउन अप्ठेरो भएको उनीहरु बताउँछन् । पहिले बिहे गर्दा यस्तो होला सोचेकै थियनौँ',सुरमानले भन्नुभयो, 'बिहे गर्दा त खुशी थियौँ, यसैगरी खुशी भएर बसौँला सोचेको थियौँ । तर,बिहे गरेको केही समयमै बिरामी परेर बित्नुभयो ।’

सोसेक नेपालले दिएको तथ्यांक अनुसार राउटे समुदायमा एकल महिलाको संख्या १६ जना रहेको छ । जस्माएकल महिलामा  १६ वर्ष उमेर समूहका २ जना, २३ वर्षको एकजना, २१ वर्ष उमेरसमुहका एकजना,  ३२ देखि ३४ वर्ष उमेर समुहका एकजना, र ३५ वर्ष देखि ८२ वर्ष उमेरसमुहका ११ जना एकल महिला रहेको सोसेक नेपालद्वारासंचालित राउटे परियोजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउँनुहुन्छ ।

समुदायमा अत्यधिक मदिरा सेवन र अन्य बिरामीका कारण श्रीमानहरुको मृत्यु भएपछि उनीहरू सानै उमेरमा एकल बनेका खत्रीले बताउँनुभयो । अध्यधिक मदिरा सेवनका कारण मृत्यु भएर एकल हुने गरेको देखिन्छ,उहाँले भन्नुभयोे, ‘केहीको बिरामी परेर मृत्यु हुने गरेको छ ।’

राउटेको संस्कारअनुसार उनीहरूले दोस्रो विवाह गर्न पाउँदैनन । राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी ३ किसिमका शाहीहरूको बसोबास छ  । उनीहरूबीच एकअर्काको थरमा मात्र विवाह हुन्छ । समुदायमा कल्यालको संख्या धेरै भएकाले स्वबंशी र रास्कोटी थरका किशोरीको कलिलै उमेरमा विवाह हुने गरेको लाल बहादुर खत्री बताउँनुहुन्छ । एउटै थरका युवाहरू धेरै हुँदा बालविवाह र अनमेल विवाह धेरै हुने गरेको उहाँले जानकारी दिनुभयो  ।

अलमेल र बालविवाहका कारण राउटे युवतीहरू सानै उमेरमा एकल बन्दा र उनीहरूले दोस्रो विवाह गर्न नपाउँदा राउटेको जनसंख्या घटिरहेको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा बताउँनुहुन्छ् । ‘समुदायमा कसैको १२ वर्ष नपुग्दै विहे हुन्छ भने कोहीको ४०, वर्षसम्म विवाह नै हुँदैन,’ उहाँले भन्नुभयोे, ‘युवालाई पनि अर्को थरको छोरी जन्मिए १०÷१२ वर्ष पुग्ने बेलासम्म विवाह कुनुपर्ने बाध्यता छ ।’

समुदायमा श्रीमान् गुमाएका महिलाले विहे गर्नु अपराध मानिनेराउटे समुदायका मुखिया सूर्यनारायण शाहीले बताउँनुभयो । राउटे समुदायामा राउटेको संख्या १ सय ३७ मात्र छ । १३७ अनुसार बाँकी त्यसमध्ये ७३ जना कल्याल, ४३ जना रास्कोटी र २१ जना स्वंवंशी थरका छन । जहाँ महिलाको संख्या ७४ छ  । भने पुरुष ६३ जना मात्र रहेका छन्  । त्यसमध्य पनि स्वबंशीमा पुरुषको संख्या थोरै रहेको छ । जम्मा ११ जनासंख्या मात्रै छ । ‘कल्याल समुदायका युवायुवतीले रास्कोटी र स्वबंशीका छोराछोरी नहुँदा बिहे गर्ने उमेर पुग्दा समेत  पनि विहे गर्न पाएका छैनन,’ उहाँ भन्नुहुन्छ, ‘समुदाय बाहिर विवाह गर्न मिल्दैन, यहाँ युवायुवतीको उमेर नै मिल्दैन ।’

राउटे समुदायमा २०७५ देखि जोडि शिक्षकका रुपमा सहजकर्ताको रुपमा कार्यरत दुर्गा खत्रीले कल्याल समुदायमा विवाह गर्ने उमेर पुगेका १७ जना युवाको विवाह नभएको बताउँनुभयो । कतिको बिहे हुन बाँकी छ  । बिहे गर्न उमेर पुगेका युवतीहरु ७ जना , १५ वर्ष माथिको पुरुषहरु ९ जना रहेका छन् । 

पछिल्लो समय राउटे समुदायले अत्यधिक मदिरा सेवन गर्ने गरेको र यस्को नियन्तण गर्न राज्यले ध्यान नदिएको समुदायमा कार्यरत खत्रीको भनाई छ । समुदायले अत्यधिक मदिरा सेवन गर्ने कुरालाई कुनै सरकारले गम्भिरतापूर्वक लिएको पाइँदैन',उहाँ भन्नुहुन्छ, 'राज्यले उपलब्ध गर्ने भत्तालाई तीन महिनाको एकैपटक बितरण गर्दा राउटे समुदायमा मदिराका लत बढ्दै गएको र यसप्रति राज्य गम्भिर भएर नसोच्ने हो भने राउटे समुदाय इतिहासमा मात्र सिमित हुनेछ ।’

प्रतिक्रिया