भो, वर पीपल रोप्ने नाउमा गाउँमा झगडा नगर

भो, वर पीपल  रोप्ने नाउमा गाउँमा  झगडा नगर

जीवन शाही 
ठाटीकाँध -१, दैलेख । 

भो वर पीपल
रोप्ने नाउँमा गाउँमा 
झगडा नगर,
रित्ता हुनेछन ती चौतारीहरु
रित्ता हुनेछन ती बाटाहरु ,
र रित्तै हुनेछन 
मान्छेका मनहरु ,
हेर त,
युवाहरु ४५° को
तापक्रम सहेर 
खाडीमा पसिना 
बगाइरहेका छन , 
बाँकी  युवा, बालबालिका ,
महिला र  वृद्धहरु 
कालापहाडमा
घन बजारी रहेका छन,
कर्मचारीको नाममा आउने
भरौटेहरु ,
अफिस भित्र 
फ्यान र एसिको 
भरपुर आनन्द 
लिईरहेका छन,
अब तिमी आफै भन 
रित्ता ती चौतारीहरुको 
के काम ?
रित्ता ती बाटाहरुको के काम ?
रोप्नुनै छ भने
उजाडिएका 
डाडापाखा हरुमा बिरुवा रोप,
बिरक्तिएका मान्छेहरुको मनमा
आशा, विश्वास र भरोसा रोप,
सबैले देख्नेगरि 
विकासको नयाँ मोडेल रोप,
भो,
वर पिपल रोप्ने नाउँमा
गाउँमा झगडा नगर !

प्रतिक्रिया