जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर जाजरकोटमा एकको मृत्यु

जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर  जाजरकोटमा एकको मृत्यु

सुर्खेत -  जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार  घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  

जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षिय तेजबहादुर रोकायको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया