घरभित्र चट्टयाङ्ग परेर किशोरी घाइते
_NUKs1DdGWN_9jrfw7elycisbdx4ssszcywratm5yhmgclclmsiwvk2opzazy4ajrjff6bx9_A4YESlO1pj_c9ih8ofsad7wn2gsqc194vo4sybbhpwia0oa3v9awacyhwtyjurrwqgrcy7v.jpeg)
दैलेख – गएराति घरमा चट्टयाङ्ग परेर दैलेखमा एक किशोरी घाइते भएकी छिन् । दैलेखको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा राजबहादुर बुढाको घरमा चट्टयाङ्ग परेर १४ वर्षीया छोरी रमा बुढा घाइते भएकी ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिनुभयो ।
भारी वर्षासंगै परेको चट्टयाङ्गले कोठाभित्र सुतिरहेकी ती किशोरी घाइते भएकी हुन् । चट्टयाङ्गले दायाँ हात र दायाँ खुट्टा चल्न नचलेको किशोरीका काका अर्जुन बुढाले बताउनुभयो । घाइतेकाे घरमै प्राथमिक उपचार थालिएको र थप उपचारका लागि स्वास्थ्य चौकीमा प्राथमिकमा लिने तयारी भएकाे बताइएको छ ।
प्रतिक्रिया