भेरी करिडोर र राप्तीलोकमार्ग पहिरोले अवरुद्ध

भेरी करिडोर र राप्तीलोकमार्ग पहिरोले अवरुद्ध

जाजरकोट -  भेरी नगरपालिका -४ बोहरामा पहिरो खसेपछि भेरी करिडोर अवरुद्ध भएको छ।
पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु विचबाटोमा अलपत्र परेका छन्। पहिरोले पोल बगाउँदा विद्युत सेवा समेत बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । 
त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका -११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधन तथा सदरमुकाम मुसिकोट आउने साना(ठूला सवारीसाधन पितिबाङ खोलामा रोकिएका छन्।

बाटामा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।

पहिरोले रुकुम पश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। चौरजहारी(मुसिकोट खण्ड अन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया