पत्रकार सुनारद्वारा पचासाैं पटक रक्तदान

पत्रकार सुनारद्वारा पचासाैं पटक रक्तदान

दैलेख - अग्रज पत्रकार अमर सुनारले ५० औं पटक रक्तदान गर्नुभएको छ । दैलेख अस्पतालमा सुत्केरी महिलाको उपचारको क्रममा रगतको आवश्यक परेको अस्पतालबाट आग्रह भए अनुसार पत्रकार सुनारले रक्तदान गर्नुभएको हो ।

जिल्ला सदरमुकाममा रक्त सञ्चार केन्द्र स्थापना भएको बेला २०६० पुस १७ गते पहिलो रक्तदाता पत्रकार सुनार हुनुहुन्छ । उहाँले २०५५ फागुन ५ गते पहिलो पटक रक्तदान गनुभएको जानकारी दिनुभयो । 

दैलेखमा सबै भन्दा धेरै पटक रक्तदान गर्नुभएको व्यक्ति पत्रकार सुनार स्वयम्सेबी रक्तदाता समाज दैलेखका जिल्ला अध्यक्ष हुनुहुन्छ । डेढ वर्षदेखि उहाँ ज्वालासन्देश साप्ताहिक र अनलाइनको सम्पादक हुनुहुन्छ । 
 

प्रतिक्रिया