आगलागीमा तीन जना कामदार घाइते

आगलागीमा तीन जना कामदार घाइते

दैलेख – मोटरसाइकल मर्मत गर्दा भएको आगलागीमा परी तीन जना कामदार घाइते भएका छन् । जिल्ला कारागार नजिक कैलाली अटोपार्टस् वक्र्सपमा मोटरसाइकल मर्मत गर्दा भएको आगलागीमा परी उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो । 

घाइते हुनेहरु कैलाली जिल्ला जोशीपुर गाउँपालिका–१ लकरमाडीका १८ वर्षीय शिव कठरिया, त्यही ठाउँका २५ वर्षीय डेबिड कठरिया र कैलालीकै जानकी गाउँपालिका–३ का सुदीप चौधरी आगोले पोलिएर घाइते भएका छन् । दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि कर्णाली प्रदेश अस्पतालमा पठाइएको दैलेख अस्पतालका इञ्चार्ज डा। धर्मराज रेग्मीले बताउनुभयो । 

मुख्य मिस्त्री शिव कठरियाले मोटरसाइकलको इञ्जिन खोलेर बाटामा राखिएको पेट्रोलमा डुबाएर काम गरिरहेको बेला पार्टपूर्जा सफा गरिरहेको बेला आगलागी भए लगतै आगो लागेको बाटा वाहिर फाल्न खोज्दा संगै काम गरिरहेका डेबिड कठरिया र सुदीप चौधरीको जिउमा लगाएको कपडामा समेत आगो सल्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
 

प्रतिक्रिया