ज्येष्ठ नागरिक संघको पाँचौं वार्षिकोत्सव सम्पन्न

ज्येष्ठ नागरिक संघको पाँचौं वार्षिकोत्सव सम्पन्न

दैलेख - ज्येष्ठ नागरिकहरुको अधिकारको निम्ति क्रियाशील ज्येष्ठ नागरिक संघको पाँचौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । ज्येष्ठ नागरिकहरुका लागि स्थानीय सरकार र राज्यका निकायहरुबाट पाउनुपर्ने जति सहयोग र श्रोत नपाएको ज्येष्ठ नागरिकहरुले दुखेसो पोखेका छन् । 

देशमा युवा रोगजारी नहुँदा युवाहरु विदेश गएका, छोराछोरी पढाउने नाममा बुहारीहरु सहरतिर छिरेर कमाई सकेका, कतिपय अवस्थामा पारिवारिक विखण्डन पैदा भएको कारण ज्येष्ठ नागरिकहरुको जीवनस्तर कष्ठकर बनेको वक्ताहरुले समस्या सुनाए । 

ज्येष्ठ नागरिक संघ दैलेखका अध्यक्ष बीरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिका–८ का वडासदस्य सुनकला नेपाली, नेमकिपाका नेता रत्नबहादुर श्रेष्ठ, शिक्षक खगेन्द्र श्रेष्ठ, अधिकारकर्मी सरस्वती श्रेष्ठ, ज्येष्ठ नागरिक संघ दुल्लूका अध्यक्ष कृष्ण भण्डारी लगायतले बोल्नु थियो । 

कार्यक्रममा सहभागीलाई ज्येष्ठ नागरिक संघ र नारायण नगरपालिका–८ को वडा कार्यालयले खाजा खीर र चियाको प्रवन्ध गरेको थियो । सदरमुकाम आसपासका ज्येष्ठ नागरिकहरु रेक शनिबार बृद्धाश्रममा भेला हुने गरेकोमा भदौ १ गते मनाइने ज्येष्ठ नागरिक संघको वार्षिकोत्सव समेत परेको थियो । 

प्रतिक्रिया