पहिरोले छिन्चु-जाजरकोट-डोल्पा सडक अवरुद्ध

पहिरोले छिन्चु-जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट  -पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले जाजरकोटको छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ-ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

करिडोरअन्तर्गतको भेरी नगरपालिका - १३ कुदुबाट वडा नं -४ को खहरेखोला भिर र छेडागाड नगरपालिका-१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका-११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु- जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका-१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बताए ।

केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु-जाजरकोट सडक अवरुद्ध प्रहरी पमुख पाण्डेले जानकारी दिए । सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ ।

चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ । पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया