मैलिकतामा आधारित शाहीको 'पीर' बजारमा (भिडियो)

मैलिकतामा आधारित शाहीको 'पीर' बजारमा (भिडियो)

काठमाडौँ । आउँदा जादा दुःख बिसाउने चौतारी के 'पीर' परेर ढल्यो बरी लै । गितमा भनेजस्तै अहिले पाटी पौवा र चौतारीलाई पीर परेको छ । चौतारीलाई मात्र नभएर पाटिपौवा र चौतारीमा बस्ने बटुवालाई, देशमा भविष्य नदेखेर दैनिक बिदेशीनेहरुलाई समेत पीर परेको छ । रित्तितै गएको गाउँ, खाली हुँदै गइरहेको देशलाई समेत पीर परेको छ । मौलिक कला संस्कृतीमा समेत पश्चिमा संस्कृतीले छोप्दा हाम्रा हाम्रा संस्कृती ओझेलमा परेर पीर परेको छ । यहि पीरलाई सुर्खेती गायक तथा सर्जक प्रकाश शाहीले तिज गित पीर मार्फत पीर पोख्नुभएको छ  ।

शिक्षालाई पेशा बनाएर संगीतमा रुचि राख्ने सुर्खेतका प्रकाश शाहीले नयाँ तीज कोशेली  ‘पिर’दर्शक श्रोता माझसार्वजनिक गरेका छन ।  पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको र चौतर्र्फी आलोचना बढी रहेको बेला शाहीको मौलिकतामा आधारित तिज गितले मौलिकतालाई माया गर्ने दर्शक श्रोताको पीरलाई केही हदसम्म कम गरेको छ । पछिल्ला वर्षहरुमा कलाकारहरुले भाइरल हुने होडबाजीले तीज गीतमा मात्र नभएर अन्य गितहरुहरुमा पनि मौलिकता हराउँदै गएकोप्रति शाही चिन्ता व्यक्त गर्नुहुन्छ  । पछिल्लो समय बजारमा आउने गितहरुले मौलिकता मासेका मात्रै छैनन् अपाच्य शव्द र अभिनय गरिएको भिडियोमा विकृतीले संस्कृतिमाथि नै हिलो छ्यापिरहेका छन्  ।

भाइरल हुने होडबाजीले अपाच्य शब्द र भिडियो सहित बजारमा आउने तिज गितहरुले मौलिकता र संस्कृतीलाई माया गर्ने दर्शक श्रोतालाई निराश बनाउँदै गएको शाहीले समाजको शिष्टता, मर्यादा र समाजको यतार्थमा आधारित तिज गित ल्याएको बरिष्ठ कलाकार प्रेम देव गिरी बताउँनुहुन्छ    । 

पछिल्लो समय बजारमा हाम्रो संस्कृतीमाथिनैै धावा बोल्ने र हिलो छ्याप्ने प्रवृत्तिले दर्शक श्रोतालाई निराश बनाएको छ । 

मौलिक संस्कृतीलाई माया गर्ने शाहीले शिक्षा, संस्कृति र समाजसेवालाई शिरोपर गर्दै उनले सार्वजनिक गरेको तिज गित पिर मा विश्वव्यापि रुपमा बहसको विषय बनेको जलवायु परिवर्तन र त्यसले पारेको असरलाई समेत गितमा समावेश गर्नुभएको छ  ।

यति मात्र नभएर गितमा संस्कार संस्कृतीमा पारेको असर, पशुपालनमा देखिएको समस्या, बसाइँसराईँ र छोराछोरी बैदेशिक रोजगारमा जाने क्रम बढ्नु र घरमा बुढेसकालमा आमाबुबाको छट्पटि देखाइएको छ ।  अभिनयमा बाठाटाठा छोराछोरी छोडेरबिदेशमा गएपछि बिदेश जान नसकेको बोल्न नसक्ने छोराले र बुढेसकालमा आमालाइ साहारा दिएको समाजको अहिलेको यतार्थता गितले बोलेको छ  । 

हाम्रा संस्कृती हाम्रो धरोहर भएको र हाम्रा संस्कृतीको संरक्षण सम्बद्र्धन बिना समाज र सिंगो देश अधुरो हुने र यस्को संरक्षणमा लाग्नुपर्ने गायक तथा सर्जक शाही बताउँनुुहन्छ  ।

भौतिक विकासलाई मात्र सबै विकास हो ठान्ने सोचले हाम्रा चौतारी, पाटिपौवा र हाम्रा संस्कृती मासिदै गएका छन्,’उहाँले भन्नुभयो, ‘हाम्रो संस्कृतीलाई मास्दै नास्दै होइन संरक्षण र संरक्षण गर्नुपर्छ ।’

पहिले घरघर मा बस्तुभाउ गाईँ भैँसी पाल्ने हुन्थ्यो,तर, पछिल्लो समय त्यो हराउँदै गएको शाहीले बताउँनुभयो  । अहिले युवा बिदेश पलायनले धेरैजसो गाईँ भैँसी पाल्न छोडिएको र दुध,दही (गोरस) पाउन मुस्किल छ’,उहाँले भन्नुभयोे, ‘अहिले हाम्रो पुस्ता दुध दही पाउने ठाउँ डेरी हो भन्ने सोच भइसकेको छ । हाम्रो पुस्तालाई यसबारे जानकारी दिन आवश्यक छ ।’

शिक्षालाई पेशा बनाएका शाहीले संस्कृतिलाई रुचीको विषय बनाएर हरेक वर्ष चेतनामुलक तीज गीत दर्शकलाई नयाँ कोशेलीका रुपमा पस्कने गर्नुभएको छ  । यो वर्षको तीज गीत सार्वजनिक गरेका शाहीले ‘पिर’ भित्र धेरै विषयलाई सहजै बुझ्ने गरी चित्रण गर्नुभएको छ  ।

पीरको अर्थ नै नोक्सानी हुँदा वा अफ्ठेरो परिस्थिति आइपर्दा हुने चिन्ता हो । यद्यपी शाहीले पिर भित्र गत जेठमा घण्टाघरको चौकमा रहेको पीपलको रुख ढलेको दृष्यदेखि सधैँ हिड्ने बाटोका खानेपानी मुहान सुकेका विषयलाई उठान गर्नुभएको भिडियोमा देखिन्छ । सडक पूर्वाधार मात्रै विकास ठान्ने प्रवृत्तिले जथाभावी सडक खन्दा पानीको मुहान सुकेको, बाढी पहिरोले गाउँ घरमा पारेको असरलाई जोडदार रुपमा समेट्नुभएको छ  ।

सुर्खेती चेली गायिका सुनिता वुढाक्षेत्रीको स्वर रहेको गीतको शव्द शाहीकै हो भने संगीत गंगा केसीको छ । कलाकार शाही आफैले मुख्य अभिनय गरेको भिडियोममा झरना सावद र धनकली शाहीको अभिनय छ । शाहीले यसअघि पूजाको थाली, माईती देशको चुनाव, मेरो नाचो, पशुपति जलहरी लगायतका गीतहरु चर्चित छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

https://www.youtube.com/watch?v=eEAVg9nvgk0

प्रतिक्रिया