जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण

जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण

जुम्ला - जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले बताउनुभयो । कारागारमा हाल विभिन्न प्रकृतिका एक सय २० जना कैदीबन्दी छन् ।

कैदीलाई स्वास्थ्य जाँच गराउन एकैपटक अस्पताल लैजना नसकिने भएकाले कारागारमा सम्बन्धित विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य जाँच गरिएको कामतीले बताउनुभयो ।

कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्ने र आधारभूत सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिविरमा प्रतिष्ठानका डा शुभाङ्क प्याकुरे नेतृत्वको समूहले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । 

प्रतिक्रिया