सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधनमा दुःख व्यक्त

सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधनमा दुःख व्यक्त

काठमाडौँ -   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष दाहालले दिवङ्गत कार्कीप्रति श्रद्धाञ्जली र जीवनसङ्गीनी एवं कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेका बेला भेरीगङ्गा नगरपालिका–५ स्थित एमाले मोडमा सवारी दुर्घटनामा परी घाइते हुनुभएका कार्कीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको हो । 

अध्यक्ष दाहालले उक्त दुर्घटनामा घाइते भई उपचाररत हुम्ला ताजाकोट गाउँपालिका अध्यक्ष एवं पार्टीका कर्णाली प्रदेश समिति सहसचिव लालकेश जैशीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

प्रतिक्रिया