शहिद परिवारलाई रोजगारी दिने कर्णाली प्रदेश सरकारको निर्णय

शहिद परिवारलाई रोजगारी दिने कर्णाली प्रदेश सरकारको निर्णय

सुुर्खेत - कर्णाली प्रदेश सरकारले प्रदेश स्थापनार्थ शहादत प्राप्त गर्ने शहिदका परिवारलाई रोजगारी दिने भएको छ ।कर्णाली प्रदेश सरकारको नवौँ स्थापना दिवसका अवसरमा बोल्दै मुख्यामन्त्री यमलाल कँडेलले मन्त्रीपरिषद बाट स्थापनार्थ शहादत प्राप्त गर्ने चारजना शहिदका एक ÷एक जना परिवारलाई रोजगारी संगै प्रदेश सरकारका सबै मन्त्रालय र मातहतका कार्यालयहरूमा ४ जना सहिदको तस्वीर अनिवार्य राख्ने निर्णय गरेको बताएका छन ।

उनले चारजना सहिदहरुको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने निर्णय गरिएको बताए । ‘कर्णालीमा रहेका संघीय सरकार र स्थानीय तहलाई पनि आग्रह गर्नेछौं,’ प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, प्रदेश मातहतका सबै कार्यालयहरुमा सहिदहरुका तस्बिर राख्ने निर्णय गरिएको छ ।’


यस्तै प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानीबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनले चार जनाको बलिदानीबाट प्रदेश स्थापना भएयता जनताको इच्छा र शहिदहरुको सपनालाई कति पूरा गर्यौ भनेर सोच्ने बेला भएको छ ।  प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले भने, ‘जनताको चाहना र शहिदको सपनालाई कति पूरा गरियो भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरुले समिक्षा गर्नुपर्ने बेला आएको छ ।’

कर्णाली भाषा, संस्कृति, प्राकृतिक स्रोतलगायतले भरिपूर्ण भएपनि त्यसको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए । प्रदेश प्रमुख जोशीले भने, ‘सम्भावनाको खानी कर्णाली रहेपनि के कारणले पछाडी पर्यो समिक्षा गर्नुपर्छ उनले भने ।’

स्थापनाको अवसरमा दुर्गममा बसेर पत्रकारिताका मार्फत महत्वपुर्ण भुमिका रहेको भन्दै तिनजना पत्रकारलाई पुरस्कृत समेत गरिएको छ ।’

प्रतिक्रिया