हुम्लामा बोलेरो जीप दुर्घटना

हुम्लामा बोलेरो जीप दुर्घटना

मुगु -   हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना सख्त घाइते भएका छन् ।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । चालकसहित सात जना सवार रहेको उक्त जीपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो  ।

सख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही र मुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल रहेका छन् । उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।

दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो ।

गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ । दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया