वडासचिव माथि कुटपिट गर्ने व्यक्ति पक्राउ

वडासचिव माथि कुटपिट गर्ने व्यक्ति पक्राउ वडासचिव गोपीप्रसाद जैसी

दैलेख – जन्मदर्ता प्रमाणपत्र बनाउने प्रक्रियामा झण्झट थपेको भन्दै वडासचिव माथि कुटपिट र दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छ । 

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ वडासचिव गोपीप्रसाद जैसीलाई दुव्र्यवहार गरेको आरोप सो वडाका बासिन्दा २३ वर्षीय हिक्मत शाही ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो  । 

‘२३ वर्षको युवकले यतिबेलासम्म किन जन्मदर्ता नबनाएको वा बन्न सकेन भन्ने विषयमा वडाका जनप्रतिनिधि समेतको रोहबरमा सर्जिमिन मुचुल्का बनाउन पर्छ’ भनेर मैंले सल्लाह दिएपछि एक्कासी आफू माथि कुटपिट भएको वडासचिव जैसीले बताउनुभयो । 

‘जन्मदर्ता बनाई माग्न आएका आएपछि कार्यालयको प्रक्रिया पर्खिनुपथ्र्याे, सेवाग्राहीहरु पनि झटपट आक्रोसमा आइहाल्छन् । मदिराले उन्मत्त भएर आएका व्यक्तिबाट कर्मचारी माथि कुटपिट र दुव्र्यवहार भएको छ’ चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर शाहीले भन्नुभयो । 
 

प्रतिक्रिया