आबुखैरेनी बस दुर्घटना : १४ जनाको शव निकालियाे, १६ घाइतेकाे उद्धार

आबुखैरेनी बस दुर्घटना : १४ जनाको शव निकालियाे, १६ घाइतेकाे उद्धार

काठमाण्डौं – शुत्रबार बिहान तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव निकालिएको र १६ जना घाइतेलाई उद्धार गरी स्थानीय अस्पतालमा प्राथमिक उपचार थालिएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर परिचालन गरिएको छ । 

पोखराबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर (यूपी ५३ एफटी ७६२३) को बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । 

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बसको आधा भाग डुबेको र आधा जति वाहिर देखिएको अवस्थामा नदी किनारमा छ । बसमा चालक दल सहित ४३ जना यात्रु भएको अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य चरिरहेको छ । 

पर्यटकलाई भैरहवाबाट पोखरा पु¥याएर काठमाडौं प्रस्थान गरिरहेको बेला शुक्रबार विहान बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो । उक्त बस रुपन्देहीको बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया