‘अब बल्ल तिर्खा मेटिने भो’

‘अब बल्ल तिर्खा मेटिने भो’

               
      दैलेख  (तल्लोडुङ्गेश्वर) । ‘हामी दुई नदीका बिचमा छौं । एकातिर लोहोरेखोला अर्कोतिर कर्णाली नदी । नदी तल छ । बस्ती माथि । पानी माथितिर आउदैन । ‘फेद्उनो कर्णाली वग्दो रैगो पानी तिर्खा’ भन्दै दुल्लू नगरपालिका –१ की ९० बर्षिया इन्द्रसरा वादीले पानी नपाउँदाको पिडा सुनाईन । 
    पानी अभावले बजार र नमुना बस्तीका बासिन्दाले नदी र खोलाकै दुषित पिउने पानी प्रयोग गर्ने गरेको उनको भनाई छ । खोलाबाट पानी ल्याउन नै आधाघण्टा लाग्छ । बर्षातमा त झनै धमिलो पानी भएकाले तिर्खा लागे पनि पिउन सकिदैन थियो । एक आधा आधा घण्टा धमिलो पानी बालुवा थिग्रिएपछि पिउँथ्यौं । प्याँस मेटाउन लागि पनि पर्खिनुपथ्यौं, उनले भनिन् ।
 तर एक महिनादेखी यता भने नमुना वस्ती र तल्लोडुगेश्वर बजारमा घरपिच्छे धारा निर्माण भएका छन् । घर आँगनमै शुद्ध पिउने पानी पाउँदा उपभोक्ता औधी रमाएका छन् । घर आँगनमै शुद्ध पिउने पाउँदा हामी खुशी छौं । यसरी हामीलाई टाढाबाट पाई ल्याईदिलान भनेर सोचेका पनि थिएन । पानी ल्याईदिनेको जयहोस । जिरिङ परेको कपाल मिलाउँदै ५५ बर्षिया जैसरी दमाईले बताईन ।  
घरमा शुद्ध पिउने पानी आउँदा खोला र नदीबाट पानी ल्याउने समयको बचत भएको छ । बचत भएको समयलाई हामीले घरको सरसफाई र तरकारीखेतीमा खर्च गर्ने गरेको देवीसरा वादीले बताईन । उनले भनिन,पानी त छोडिदिनुहोस खोलाबाट ल्याएर पिउँथ्यौं । शौचालयको अभाव पनि उस्तै थियो । शौचालय नहुँदा झाडी, जंगलमा खुल्ला दिशापिसाव गर्नुपर्ने बाध्यता थियो । अब त पानी पनि पायौं शौचालय पनि वने,अब चिन्ता केही छैन । चिन्ता छ,रोजगारीको उनले थप्नि । 
वस्तीमा शौचालय नहुँदा नमुनावस्ती आवतजावत गर्ने अधिकाँश मानिस नाक थुनेर हिडनुपथ्यौं । कतिपय मानिसको खिसीटियुरी गर्थे । नमुना बस्ती आयो कि आएन भनेर ।बस्तीमा शौचालय वनेपछि बस्ती सफासुग्घर देखिएको छ । हिजोका दिनमा बस्तीमा आएर नबस्ने मान्छे पनि वस्तीमा आएर सरसफाईको  प्रशंसा गर्ने गरेको बसन्ताले बताईन । 


पाँच किलोमिटर टाढा भुवापानी मुहानबाट ल्यार्ईएको खानेपानीबाट मन्दिर,बजार र नमुना वस्ती गरि १ सय १० वटा धारा निर्माण गरिएको प्राविधिक जयबहादुर विष्टले बताए । हेल्भटास नेपालको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा ७० लाख लगानीमा धारा,शौचालय निर्माण गरिएको हो ।

 
बसेर दिन विताउँछन् बादी समुदायका महिला 


वस्तीमा खानेपानी र शौचालय निर्माण भएपनि प्रयाप्त जमिन नहुँदा वादी समुदायका महिला बसेर नै दिन विताउँछन् । रोजगारीका अवसर नहुँदा वसेर दिन विताउन थालेको उनीहरु भनाई छ । पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार सञ्चालन भएपनि आफुहरुलाई कुनै जानकारी नभएको वसन्ता वादी बताउँछन् । 


पहुँच वालालाई मात्र काममा बोलाउँछन् । हाम्रो समुदायबाट पालिका सदस्य वनेकी महिलालाई साँचिका लागि मात्र राख्ने गरेको उहाँको आरोप छ । गिट्ठी वालुवा लोड गरेर विहान,वेलुका हातमुख जोर्न पुग्थ्यो ।क्रसर उद्योगका कारण आफुहरुको रोजगारी गुमेको उनीहरुको भनाई छ । वसन्ता थप्छिन,‘प्रविधि गर्दा खान लाउन पाएनौं । वस्तीमा पोषण र स्वास्थ्यको समस्या पनि उस्तै छ,उनले थपिन  ।

  

प्रतिक्रिया