ठाटीकाँधमा २ दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

ठाटीकाँधमा २ दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

ठाटीकाँध -  दैलेखको ठाटीकाँध गाउँपालिकामा पालिका स्तरिय स्वास्थ्य कार्यक्रमको २ दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजनामा गत आर्थिक वर्ष २०८०÷०८१ को पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । 

ठाटीकाँध गाउँपालिका उपाध्यक्ष देविराम बडुवालको अध्यक्षता गर्नुभएको थियो  भने ८ वटा स्वास्थ्य संस्था प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत तथा पालिकामा कार्यरत संघसंस्थाको सहभागिता रहेको थियो । 

त्यस्तै कार्यक्रममा स्वास्थ सेवा कार्यालय दैलेखका अस्पताल व्यवस्थापक किसन बिष्ट, मेडिकल रेकर्डर प्रकाश अधिकारी र तथ्यांक अधिकृत मोतिराम रोकायको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया