समावेशीता खारेज गर्ने होइन बढाउदै जानुपर्छ : साँसद राना

दैलेखमा सबै भन्दा धेरै बजेट श्रोतमा काम गरेको संस्थाको रुपमा स्थापित छ, साेसेक नेपाल

समावेशीता खारेज गर्ने होइन बढाउदै जानुपर्छ : साँसद राना

दैलेख – प्रतिनिधिसभाकी साँसद सीताकुमारी रानाले सीमान्तकृतहरुलाई राज्यका निकायमा सहभागिता बढाउन पर्नेमा जोड दिनुभएको छ । सोसेक नेपालको २७ औं वार्षिकोत्सव तथा साधारणसभामा बोल्नै उहाँले सरकारले समानुपातिक प्रतितिधित्व हटाउन लागेको भन्ने चर्चा चलेको बेला यसको विरोधमा सीमान्तकृतहरुले बोल्नुपर्ने बताउनुभयो । 

साँसद रानाले सोसेक नेपालले सञ्चालन गरिरहेका परियोजनाले महिला, दलित, जनजाति, बालबालिका र पिछडिएको जाति, वर्ग, क्षेत्रको जीवनस्तर उठाउन सञ्चालन गरिएका गतिविधिहरु लक्षित समुदायलाई प्रतिफल पु¥याउने काममा कतै पनि कमजोरी नहोस् भन्दै सुझाव दिनुभयो । 

त्यसबखत कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सोसेक वा अरु कसैले आयोजना गरेको कार्यक्रममा सुझाव र पृष्ठपोषण दिनू हितकर हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘सामुन्नेमा सुझाव दिनुस्, अर्को ठाउँमा प्रशंसा गर्ने गर्नुपर्छ ।’

कार्यक्रममा जिससका प्रमुख नमराज शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जू पाण्डे, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष देबीराम बडुवालले पनि सोसेकको वार्षिकोत्सव सफलताको शुभकामना दिनुभयो । 

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निर्जनकुमार खत्री, राउटे मुखिया सूर्यनारायण शाही, दुल्लूमा गठित किशोरी क्लवका अध्यक्ष रेखा थापा, कर्णाली प्रदेश स्तरीय बाल सञ्जालकी सदस्य अस्मिता खड्का लगायतले सोसेकले गरेका विकास गतिविधिको सकारात्मक प्रभाव बारे बोल्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा सोसेक नेपालका कोषाध्यक्ष संगीता रानाले प्रस्तूत गर्नुभएको आर्थिक प्रतिवेदन र उपाध्यक्ष कबिराज रिजालले पेश गर्नुभएको संस्थागत विकास सम्वन्धी प्रतिवेदन साधारणसभाको बन्दसत्रले पारित गरेको संस्थाका अध्यक्ष मञ्जू खड्काले जानकारी दिनुभयो । 

२०५४ भदौ ११ गते स्थापना भएको सामाजिक सेवा केन्द्र (सोसेक) संस्था दुई वर्ष अघिदेखि संस्थाको नाम सोसेक नेपाल प्रचलनमा ल्याएको छ । स्थापना कालदेखि ४२ वटा साझेदारहरुसंग मिलेर सचेतना र भौतिक निर्माणमा दैलेखमा सबै भन्दा धेरै बजेट श्रोतमा काम गरेको संस्थाको रुपमा स्थापित छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड १४ लाख ३३ हजार तीन सय ९२ रुपैंयाँ खर्च गरेको बताइएको छ ।  


 

प्रतिक्रिया