नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौँ -   राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको छ । बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गर्नुभएको हो । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि राष्ट्रपति पौडेलले साउन २५ गतेबाटै उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिनुभएको थियो  । सिग्देललाई सोही दिन प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गर्नुभएको थियो  । 

नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।

प्रतिक्रिया