चट्टयाङ्ग लागेर एक बालकको ज्यान गयो, एक महिला घाइते

चट्टयाङ्ग लागेर एक बालकको ज्यान गयो, एक महिला घाइते मृतक बालक रोशन बिष्ट र उपचारत घाइते कमला बिष्ट

दैलेख – आठबीस नगरपालिका वडा नं. ५ को पिपलकोटमा चट्टयाङ्ग लागेर एक जनाको ज्यान गएको र एक जना घाइते भएका छन् । माझखर्क भन्ने जंगलमा बज्यैसंग गोठाला गएका ३ वर्षीया बालक रोशन बिष्टको ज्यान गएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजीरसिंह बिकले जानकारी दिनुभयो । 

बुधबार साँझ चट्टयाङ्ग लागेर घाइते भएकी मृतक बालक रोशनकी बज्यै ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि गएराति कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको र उपचार भइरहेको कमलाका श्रीमान नैनसिंह बिष्टले ज्वालासन्देशलाई बताउनुभयो ।  

नैनसिंहका जेठो छोरा नबिन बिष्ट (२३) र बुहारी प्रेमकला (२१)को एक मात्र सन्तान रोशन छ महिनाको भएदेखि बज्यैसंग खाने, बज्यैसंगै सुत्ने र जता जाँदा पनि बज्यैलाई पछ्याउने भएको कारण बुधबार दिउँसो भैंसी गोठाला लाँदा कमलासंग रोशन साथै गएको बेला यो घटना भएको हो । 

प्रतिक्रिया