पहिरोले सडक बगाएपछि,कर्णालीराजमार्ग बन्द

पहिरोले सडक बगाएपछि,कर्णालीराजमार्ग बन्द

दैलेख - पहिरोले सडक बगाएपछि कर्णाली राजमार्ग बन्द भएको छ । बुधवार साँझदेखी परेको बर्षातले सडक बगाएपछि सवारीसाधन आवागमन बन्द भएको हो ।  कर्णाली राजमार्गको गगने खोला र दही खोलामा पूरै सडक पहिरोले बगाएएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले जानकारी दिए । उनकाअनुसार मुख्य पहिरो गएको क्षेत्रमा पुग्न सकिएको छैन ।
जीतेगडा, सेरिघाट क्षेत्रको पहिरो पन्छाए एस मोडमासमेत पहिरो खसेकाले अहिले त्यहाँ काम भइरहेको केसीको भनाई छ । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छ्याउन डोजरमार्फत काम गरिरहेको छ । दही खोलातर्फ गएको पहिरो पन्छ्याउन सडक डिभिजन सुर्खेतले काम गरिरहेको छ ।


गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । यता, कर्णाली करिडोरको फुगाड जलविद्युत् आयोजनाको सुरुङ खनेको रेंगिल भिरनजिकै र फुगाडमा पनि पहिरो खसेको छ ।
सडक अवरुद्धहुँदा कर्णाली राजमार्ग र करिडोरका विभिन्न स्थानमा सवारी साधन बिच बाटोमा रोकिएका छन् ।  २३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुदै आएको छ । गएका असार देखी हालसम्म कर्णाली राजमार्गका पहिरो जाँदा ४१ पटक अवरुद्ध भईसकेको छ ।
त्यसैगरि दैलेखको आठविस नगरपालिका ५ मालाचौर र किटटुभिरमा मा पहिरो जाँदा राजमार्ग अवरुद्ध हुनुका साथै आवतजावत समेत पुर्ण रहेको इलाका प्रहरी कार्यालय राकमकर्णालीले जनाएको छ । 

प्रतिक्रिया