उद्वारका लागि दैलेखमा पर्याप्त जनशक्ति नभएको प्रति सरकारको ध्यानाकर्षण

उद्वारका लागि दैलेखमा पर्याप्त जनशक्ति नभएको प्रति सरकारको ध्यानाकर्षण फाइल तस्बिर

काठमाडौँ -   प्रतिनिधि सभा सांसद सीता कुमारी रानाले प्राकृतिक प्रकोपबाट हुने घटनामा उद्वारका लागि दैलेख जिल्लामा जनशक्ति अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  

बिहिवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले प्राकृतिक प्रकोपका घटना हुँदा उद्वार कार्यका लागि जिल्लामा प्राप्त जनशक्ति र उद्वार सामाग्रिको अभाव रहेको बताउँदै सरकारको ध्यानाकर्षण गर्नुभयो  । 

जोखिमपुर्ण भौगोलिक वातावरणीय अध्यन नै नगरी मापदण्ड विपरित जथाभावि निर्माण गर्ने सडकले समस्या निम्त्याएको रानाले बताउनुभयो  । वातावरणीय अध्यन नै नगरी मापदण्ड विपरित सडक बनाउदा आठविस नगरपालिका वडा नम्बर ५ को मालाचौर बजार, खुरा चौर बस्ति अछाम बाढी पहिरोले ठुलो धनजनको क्षति भएको बताउनुभयो  ।

यस्तै मंगलवार र बुधवार परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग समेत अवरुद्ध भएको उहाँले बताउनुभयो  । अविरल वर्षाका कारण दैलेखको आठविस नगरपालिका वडा नम्बर -५ को मालाचौर बजार, खुरा चौर बस्ति अछाममा बाढी पहिरोले ठुलो धनजनको क्षति भएको छ,’उहाँले भन्नुभयो, ‘ वर्षाका कारण कर्णाली राजमार्ग समेत अवरुद्ध भएकोले बाढी पिडित परिवारलाई यथासिघ्र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्दछु ।’

यहि भाद्र १२ गते परेको चट्याङबाट आठविस नगरपालिका -५ पिपलकोट बाच्थला निवासी नविन बिष्टका तीन वर्षिका छोरा रोशन बिष्टको निधन भएको र सोही घनामा घाइते भएकी कमला बिष्टको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइते बिष्टको सम्पुर्ण उपचार निशुल्क गर्न अनुरोध गर्नुभयो । 

दैलेखको भैरवी गाउँपालिका, महाबु गाउँपालिका नौमुले गाउँपालिका र आठबिस नगरपालिकामा चट्याङका कारण ठुलो धनजनको क्षती भएको र उक्त क्षेत्र चट्याङको उच्च जोखिममा रहेको समेत उहाँले बताउनुभयो  । 

प्रतिक्रिया